सिटिजन लाइफ इन्स्योरेन्सद्वारा घातक रोग बिमा दाबीमा अनिता तामाङलाई १० लाख भुक्तानी
बनेपा - काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नं. ७ निवासी अनिता माया तामाङले सिटिजन लाइफ इन्स्योरेन्समार्फत गरेको घातक रोग बिमा दाबीअन्तर्गत १० लाख रुपैयाँ भुक्तानी प्राप्त गर्नुभएको छ।
तामाङले २० लाख रुपैयाँ बराबरको जीवन बिमा गराएकी थिइन्, जसअनुसार घातक रोग सुविधा अन्तर्गत कुल बिमा रकमको ५० प्रतिशत दाबी गरिएको हो। किड्नी फेल (मिर्गौला फेल) जस्तो गम्भीर रोगबाट पीडित उहाँलाई कर कट्टा पश्चात बिमा रकम हस्तान्तरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्सले जनाएको छ।
बिमा रकम प्राप्त गरेपछि तामाङले सिटिजन लाइफ इन्स्योरेन्सप्रति आभार व्यक्त गर्दै भन्नुभयो,
“जीवनमा यस्ता कठिन समय आउँदा बिमा ठूलो सहारा बनेको छ। सिटिजन लाइफ र यसका प्रतिनिधिहरूले समयमा सहयोग गरेर मलाई हौसला दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
सिटिजन लाइफ इन्स्योरेन्स बनेपा शाखाकी शाखा प्रबन्धक सबिता मानन्धरले जीवन बिमा भविष्य सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै भन्नुभयो,
“बिमा केवल बचतको माध्यम मात्र होइन, जोखिमको समयमा व्यक्ति र परिवारका लागि बलियो आर्थिक आधार हो। त्यसैले सबै नागरिकले आफ्नो क्षमताअनुसार जीवन बिमा गर्नुपर्छ।”
त्यस्तै, बिमा दाबी प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुभएका सिटिजन लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर अशोक बुद्ध लामाले इन्स्योरेन्सप्रतिको विश्वास र जनचेतनाको आवश्यकता औंल्याउँदै भन्नुभयो,
“इन्स्योरेन्स दुःखको समयमा आशाको आधार हो। सही समयमा सही बिमा गरियो भने जीवनका ठूला जोखिमहरू सहजै सामना गर्न सकिन्छ।”
लामाले विशेषगरी काभ्रेपलाञ्चोक जिल्लामा लाइफ इन्स्योरेन्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आउनुभएको उल्लेख गर्दै, उहाँलाई इन्स्योरेन्स क्षेत्रमा परिचित, सक्रिय र भरोसायोग्य व्यक्तित्वका रूपमा लिइन्छ।
यस प्रकारका बिमा दाबी भुक्तानी कार्यक्रमहरूले जीवन बिमाप्रति आम नागरिकको विश्वास अझ मजबुत हुँदै गएको सरोकारवालाहरूको भनाइ छ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।