२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

नेपाल तामाङ समाज जापानको नवौं महाधिवेशन सम्पन्न,अध्यक्षमा पुन:कारसाङ सिङतान निर्वाचित

नमनखबर डेस्क साउन २९, २०८१ ४६२
नेपाल तामाङ समाज जापानको नवौं महाधिवेशन सम्पन्न,अध्यक्षमा पुन:कारसाङ सिङतान निर्वाचित

जापान । नेपाल तामाङ समाज जापान केन्द्रीय कार्यसमितिको नवौं महाधिवेशन आज आइतबार जापानको सिनओकुबो स्थित काठमाण्डु लंज एण्ड बारमा सम्पन्न भएको छ । समाजका अध्यक्ष कारसाङ सिङतान तामाङको सभाध्यक्षतामा नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुकुमान तामाङको प्रमुख आतिथ्यमा हिगरी कर्पोरेसनका संचालक ङिमा लामाको विशेष आतिथ्यमा,अन्य विभिन्न तपतहका व्यक्तित्वहरुको आतिथ्यमा सम्पन्न महाधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नेपाल तामाङ समाज जापान केन्द्रीय कार्यसमितिको अध्यक्षमा पुन:कारसाङ सिङतान तामाङको नेतृत्वमा
वरिष्ठ उपाध्यक्ष गिरबहादुर तामाङ,उपाध्यक्षहरु तेजबहादुर थिङ,ललिता तामाङ,स्मृति मोक्तान,अष्टमाया लामा,नानीमाया तामाङ,महासचिव जनक थोकर,सचिव
सुष्मा वाईबा,प्रकाश तामाङ,रोनिश तामाङ,मनिता मोक्तान,कोषाध्यक्ष चन्द्र दोङ (राजु),सह-कोषाध्यक्ष लक्ष्मी तामाङ,सदस्यहरु क्रमशःनिरु तामाङ,सुरेश तामाङ,प्रज्वल दोङ,सागर तामाङ,दावा मोक्तान,थमन तामाङ,अनिल तामाङ,सुमित्रा तामाङ,
सत्य तामाङलाई निर्विरोध सर्बसहमत निर्वाचित भएको र पहिलो पल्ट समाजद्धारा प्रकाशित फ्याफुल्ला निप्पोन स्मारिकाको विमोचन गरिएको बताएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।