२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन र आठौं वार्षिकोत्सब सम्पन्न: अध्यक्षमा प्रदीप ग्लान निर्विरोध

नमनखबर डेस्क चैत्र ०५, २०८१ ४६४
नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन र आठौं वार्षिकोत्सब सम्पन्न: अध्यक्षमा प्रदीप ग्लान निर्विरोध

साइप्रस । नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन तथा आठौं वार्षिकोत्सब सन् २०२५ मार्च १६ तारिख आइतबारका दिन,लिमासोल शहरस्थित इण्डियन रेष्टुरेण्टको सभा हलमा सल्लाहकार माया लोप्चन तामाङको सभाध्यक्षतामा ब्रिटिश गोर्खामा कार्यरत अमृत मोक्तान तामाङको प्रमुख आतिथ्यमा,हिरादेवी बम्जन,अञ्जु तामाङ लगायतका महानुभावहरुको आतिथ्यमा भव्यताकासाथ सम्पन्न भएको छ ।

 

अधिवेशन तथा वार्षिकोत्सबमा प्रवक्ता सानुमाया लोप्चनबाट स्वागत मन्तव्य,अनुशासन तथा मूल्याकंन विभागका प्रमुख सुमित्रा बम्जन तामाङबाट सन् २०२२ देखि २०२४ को आर्थिक प्रतिवेदन,अनुशासन तथा मूल्याकंन विभागका २ वर्षे मूल्याकंन प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

 

आगामी कार्यकालको लागि नेपाल तामाङ घेदुङ प्रवास शाखा साइप्रसको नयाँ नेतृत्वमा प्रदीप ग्लान तामाङको अध्यक्षतामा ९ जना पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष नानीमाया मोक्तान,उपाध्यक्षहरु विजय स्याङबो,गंगामाया ग्याबा तामाङ,महासचिव युवराज सिङतान,सचिवहरु अजयराज मोक्तान,मौसमी तामाङ,कोषाध्यक्ष कमला दोङ,सहकोषाध्यक्ष अरुण दोङ तामाङ र सदस्यहरु ४३ जनामा सुमि ग्लान,सन्ननी तामाङ,मुनीमाया तामाङ,विशाल योञ्जन,सुरेश तामाङ,मनिषा तामाङ,पासाङ तामाङ,उमा तामाङ,चिनी तामाङ,रवीन तामाङ,विजयकुमार लामा,मिङमार तामाङ,सुदर्शन नेगी,सयर तामाङ,गंगा तामाङ,सुकुमाया तामाङ,विकास थोकर,चमेली तामाङ,शान्ति तामाङ,सुरज तामाङ,दीपेश गोले,मुना तामाङ,सुर्यमाया मोक्तान,सुर्यबहादुर तामाङ,प्रवीण तामाङ,प्रकाश तामाङ,सरस्वती तामाङ,जीतेन तामाङ,अजय लामा,सुरज तामाङ,तारा घले,माया तामाङ,सोमबहादुर तामाङ,रोजन तामाङ,मानबहादुर तामाङ,कविता तामाङ,तारा तामाङ,लक्ष्मी तामाङ,रामबहादुर तामाङ,अञ्जु तामाङ,पूजा तामाङ,माया तामाङ,टुल्कु तामाङ र विजय तामाङ गरि पदाधिकारी,सदस्य गरि ५२ जना सम्मीलित कार्यसमिति निर्विरोध निर्वाचित भएको नेपाल तामाङ घेदुङ प्रवास शाखा साइप्रसले जानकारी दिएको छ। 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।