२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

नेपाल ग्रामीण चलचित्र महोत्सव भाग-३, रामेछापमा हुने

नमनखबर डेस्क साउन २९, २०८१ ३६१
नेपाल ग्रामीण चलचित्र महोत्सव भाग-३, रामेछापमा हुने

सेलिब्रेटी नेपालको आयोजनामा हुने नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) भाग -३ बैशाख ६-८ सम्म रामेछाप नगरपालिकामा हुने भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको मिति सार्वजनिक गरिएको हो ।

प्रत्येक बर्ष फरक फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरु प्रदर्शन गरिनेछ ।

कार्नेयक्रममा नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न सम्वाद कार्यक्रमहरु पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए । निर्देशक कमल एक्चै मगर कार्यक्रमको संयोजक रहेका छन् । आफ्नै गृह जिल्ला यस्तो महोत्सव गर्न पाँउदा खुसी लागेको मगरले बताए । 

महोत्सवमा करिव २ दर्जन चलचित्र देखाउने र चलचित्रका सम्बन्धित ब्यक्तिहरु संग गाउँले दर्शकहरुले अन्तरक्रिया पनि गर्नेछन् ।

रामेछाप जिल्ला सिनेमा घर छैन । सिनेमा हेर्न रुचि राख्ने दर्शकहरुलाई यो महोत्सवले पुर्ण मनोरञ्जनका साथै नेपाली चलचित्र क्षेत्रको प्रचार प्रसार हुने आयोजकको अपेक्षा छ ।

महोत्सवमा करिब ३ हजार दर्शकको सहभागिता गराउने लक्ष्य आयोजकको छ ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।