२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

नेकपा एमालेको जरा अभियान अन्तर्गत महाँकाल-५ नमनडाँडामा टोल कमिटी गठन

नमनखबर डेस्क चैत्र ०२, २०८१ ३७0
नेकपा एमालेको जरा अभियान अन्तर्गत महाँकाल-५ नमनडाँडामा टोल कमिटी गठन

नेकपा एमालेको जरा अभियान अन्तर्गत महाँकाल गाउँपालिका कमिटीले टोल कमिटी गठनको क्रममा महाँकाल-५ नमनडाँडा, ललितपुरमा टोल कमिटी गठन गरेको छ। साबिक चन्दनपुर गाविसका ८ र ९ नम्बर वडाको टोल कमिटी गठन गरिएको हो।

अमर बहादुर वाइबाको अध्यक्षतामा ७ सदस्यीय टोल कमिटी गठन गरिएको हो । 

उक्त कार्यक्रम एमाले महाँकाल गाउँपालिका ५ नं. वडा कमिटी अध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो। जरा अभियान टोलीको नेतृत्व महाँकाल गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं उत्प्रेरक रामचन्द्र दाहालले गरेका थिए।

 

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य श्याम शर्मा बजगाँई, जिल्ला कमिटी सदस्य रामकृष्ण आचार्य, पूर्व जिल्ला कमिटी सदस्य गोबिन्द प्रसाद बजगाँई, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय सदस्य सुरेन्द्र कुमार घिमिरे, महाँकाल गाउँ कमिटी सदस्य राजेन्द्र कुमार घिमिरे, टंक प्रसाद तिमल्सिना, हेम बहादुर वाईबा, गंगा नेपाली लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 

जरा अभियानमार्फत संगठन सुदृढीकरण गर्न र आकर्षण बढाउन युवा लक्षित योजनाहरू अघि सार्दै बढ्दो सूचना प्रविधिको प्रयोग गर्नुपर्नेमा सहभागिहरुले सुझाएका थिए । 

 

जरा केन्द्रित कार्यक्रम २०८१ वैशाख ६ गते प्रशिक्षणसहित समापन गरिने बताइएको छ । त्यस्तै वैशाख १ गते नयाँ वर्षको अवसरमा कालेश्वर मन्दिर सरसफाइ गर्ने निर्णय गरिएको नेकपा एमाले ५ नम्बर वडा कमिटी सचिव सुवाश दाहालले जानकारी दिए ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।