२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

नाग्रेगगर्चे बाँझखेतका ३५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

नमनखबर डेस्क पुस २६, २०८१ ३0५
नाग्रेगगर्चे बाँझखेतका ३५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रेपलाञ्चोक । चौरीदेउराली गाउँपालिका वडा नं.२ नाग्रेगर्चे, बाँझखेतस्थित श्री टाँसी बाल विकास आधारभूत विद्यालयमा अध्ययनरत तामाङ, दलित तथा अन्य समुदायका ३५ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन, जाडोबाट बचाउन, गत असोज १२ गते शनिबार गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन,तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व,नयाँ वर्ष,मञ्जुश्री सम्वत २८६१ डुल ल्हो(सा पुख्री) सर्प वर्ग सोनाम ल्होछारको अवसरमा आज शुक्रबार लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजन र व्यवस्थापनमा नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका प्रमुख सल्लाहकार श्याम मम्बा र सल्लाहकार प्रकाश योञ्जन तामाङको व्यक्तिगत आर्थिक सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा(ट्र्याकसुट) वितरण समारोह भव्यताकासाथ सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाम्जी दोर्जी लामाको सभाध्यक्षतामा वडाका वडा सदस्य एवं प्रमुख अतिथि देवी श्रेष्ठले विद्यार्थीहरुलाई न्यानो कपडा र ६ जना शिक्षक, कर्मचारीहरुलाई डायरी, डटपेन वितरण गर्नु भएको थियो ।

सो समारोहमा विद्यालयकी प्र.अ.लक्ष्मी लामा,शिक्षक अभिभावक संघ अध्यक्ष प्रकाश योञ्जन तामाङ, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघकापदाधिकारीहरु, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।