२०८३-जेष्ठ-०५ मंगलबार

बिहानको ११:२५:२७

बिशंखुनारायणका ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री

नमनखबर डेस्क पुस ०३, २०८१ ३३८
बिशंखुनारायणका ६५ जना विद्यार्थीलाई शैक्षिक सामग्री

ललितपुर । गोदावरी नगरपालिका वडा नं.२ बिशंखुनारायण, बिष्टछापस्थित श्री कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत तामाङ, मगर, दलित तथा अन्य समुदायका ६५ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन र गत असोज १२ गते शनिबार गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन, लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजन तथा व्यवस्थापनमा‌ नेपाल तामाङ समाज ओमानका संरक्षक फुर्बा लामाको व्यक्तिगत रु.५ हजार आर्थिक सहयोगमा बुधबार वडाध्यक्ष मनोहर सिलवालको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण समारोह भव्यताका साथ सम्पन्न भएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं निवर्तमान वडाध्यक्ष देवेन्द्रकुमार बस्नेतको सभाध्यक्षतामा आयोजित उक्त समारोहमा प्रमुख अतिथि तथा वडाध्यक्ष मनोहर सिलवाल, निवर्तमान वडा सदस्य, कवि एवं लोकेश्वर मिडिया सर्भिसका संरक्षक पुरुषोत्तम बिष्ट, गोदावरीखोला क्षेत्र सरसफाइ अभियानका अभियन्ता तथा लोकेश्वर मिडिया सर्भिसका संरक्षक सुबोध थापा लगायतले विद्यार्थीहरुलाई कपि, पेन्सिल, इरेजर, कटर, स्केल, डटपेन लगायतका सामग्री वितरण गर्नु भएको थियो ।

 

विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार ग्लान तामाङले कार्यक्रम संचालन, विद्यालयकी शिक्षक चन्द्रावती अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको समारोहमा प्रमुख अतिथि, अतिथिहरुले आ- आफ्नो भनाइ राखेका थिए ।

 

समारोहमा वडाका जनप्रतिनिधि, समाजसेवी, अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी भाइबहिनीहरुको बाक्लो उपस्थिति रहेको विद्यालयका सहायक प्र.अ.राजकुमार ग्लान तामाङले बताएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।