महाङकालचौंर तावारीका ३९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण सम्पन्न
काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका वडा नं.६ महाङकालचौंर,तावारीस्थित श्री तावारी बुद्ध आदर्श प्राथमिक विद्यालयमा अध्ययनरत तामाङ,मगर,दलित तथा अन्य समुदायका ३९ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन एवं गत असोज १२ गते शनिबारका दिन गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन,लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजन र व्यवस्थापनमा,ललितपुर जिल्ला,गोदावरी नगरपालिका वडा नं.२ बिशंखुनारायण, बिष्टछापका वासिन्दा तथा समाजसेवी एवं कवि पुरुषोत्तम बिष्टको आर्थिक सहयोगमा आज शुक्रबार शैक्षिक सामग्री वितरण समारोह सम्पन्न भएको छ ।
विद्यालयकी शिक्षक सानुमाया लो तामाङकानुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगलबहादुर तामाङको सभाध्यक्षतामा आयोजित उक्त समारोहमा प्रमुख अतिथि तथा वडाध्यक्ष विष्णु मोक्तान तामाङले विद्यालयका विद्यार्थीहरुलाई कापी,पेन्सिल,स्केल,इरेजर,कटर लगायतका सामग्री वितरण गर्नु भएको बताएकी छिन् ।
विद्यालयकी निमित्त प्र.अ.आनन्दकुमारी थिङले स्वागत मन्तव्य,शिक्षक सुन्तली रुम्बाले कार्यक्रमको संचालन गर्नु भएको समारोहमा वडा सदस्य ज्ञानबहादुर तामाङ,शिक्षक अभिभावक संघका अध्यक्ष कान्छिमाया तामाङ,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका प्रतिनिधिहरु,अभिभावक,शिक्षक,कर्मचारी,विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।