मगरगाउँमा २१ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
ललितपुर । कोन्ज्योसोम गाउँपालिका वडा नं.२ शंखु,मगरगाउँस्थित श्री कालीदेवी विद्यालयमा अध्ययनरत २१ जना तामाङ समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन र गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा तामाङ सोसाइटी अफ अमेरिकाका महासचिव शम्शेर योञ्जनको आर्थिक सहयोगमा मंगलबार शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल घिसिङ तामाङको सभाध्यक्षतामा आयोजित समारोहमा विद्यार्थीहरुलाई कपि, पेन्सिल, इरेजर, स्केल, कटर लगायतका सामग्री वितरण गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्र.अ.नियोश ब्लोन तामाङ,शिक्षक,कर्मचारी,विद्यार्थी,अभिभावकहरुको सहभागिता रहेको बताएका छन् ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।