२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

राष्ट्रपति रनिङ सिल्डमा ह्याट्रिक गर्ने रोशी स्कुलले मनायो ५३ औं स्थापना दिवस

अशोक बुद्ध लामा पुस २६, २०८२ २३३
राष्ट्रपति रनिङ सिल्डमा ह्याट्रिक गर्ने रोशी स्कुलले मनायो ५३ औं स्थापना दिवस

रोशी माध्यमिक विद्यालयको ५३ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ शुक्रवार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो 

प्रमुख अतिथि रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले  रोशी स्कुलले रोशीमा शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताउदै विद्यालयको प्रगतिमा विद्यालयको शिक्षक, शिक्षिकाहरुक‍ो महत्त्वपूर्ण योगदान रहेको समेत बताउनुभयो राष्ट्रपति रनिङ सिल्डमा लगातार ३ पटक विजेत भएकोमा बधाई समेत दिनुभयो रोशी स्कुल पालिकाको पहिले रोजाइमा रहेको बताउदै, विद्यालय राष्ट्रकै उत्कृष्ट विद्यालय होस भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो 

विशिष्ट अतिथि रोशी गाउँपालिका उपअध्यक्ष मिम बहादुर वाइवा (ज्वाला)ले  विद्यालय शिशु अवस्थादेखि प्रौढ अवस्थामा पुगेको बताउदै विद्यालय यो अवस्थामा पुगेकोमा सम्पुर्णलाई बधाई समेत दिनुभयो, आफू पनि पुर्व  विद्यार्थी भएको स्मरण समेत गर्नुभयो पहिले सामान्य भवनबाट शुरु भएको विद्यालय अहिले राम्रो भवन समेत प्राप्त भएको समेत बताउदै  विद्यालयलाई नमुन विद्यालय बनाउन सबै लाग्नुपर्ने जिकिर समेत गर्नुभयो 

रोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत टंक बहादुर नेगीले विद्यालयका विभिन्न  प्रदर्शनी हेरेर, प्रअको बार्षिक प्रतिवेदनबाट विद्यालयले धेरै राम्रो गरेको थाहा पाएको बताउनुभयो

सभापति रामकुमार श्रेष्ठ विद्यालयको सबै स्थर उकास्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो 

शिक्षाशाखा प्रमुख ठाकुर प्रसाद दाहालले विज्ञान प्रविधिको युग भएकोले शिक्षण चुनौतीको विषय भएको बताउदै शिक्षक,अभिभावक,विद्यार्थीको त्रिपक्षीया समन्वय गर्दै शिक्षाको क्षेत्रमा राम्रो गर्नुपर्ने कुरामा जोड दिनुभयो 

विद्यालयको वार्षिक प्रतिवेदन प्रस्ततु गर्दै विद्यालयका प्रधानाध्यापक रामशरण सिग्देलले  विद्यालय पुरस्कार कोषमा १० लाख जम्मा भएको र आफ्नो जन्मदिनमा विद्यालय कोषमा सहयोग गर्न विद्यार्थी तथा पुर्व विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो 

 कार्यक्रममा विभिन्न खेलकुद  विधामा प्रथम, द्वितिय,तृतिय हुन सफल विद्यार्थीहरुलाई मेडल प्रदान गरेको थियोे विभिन्न छात्रवृत्ति कोषबाट छात्रवृत्ति पनि प्रदान गरेको थियोे भने उत्कृष्ट शिक्षकहरुलाई सम्मान समेत गरेको थियोे

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।