२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

सिमात पिपलडाँडाका २९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नमनखबर डेस्क मंसिर ०९, २०८१ ४0७
सिमात पिपलडाँडाका २९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मकवानपुर । बकैया गाउँपालिका वडा नं.११ सिमात,पिपलडाँडास्थित श्री बाघभैरव आधारभूत विद्यालयमा अध्ययनरत २९ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन आइतबार लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजनमा ललितपुर जिल्ला,गोदावरी नगरपालिका वडा नं.५ लेलेका समाजसेवी विजय ग्लान तामाङको आर्थिक सहयोगमा शैक्षिक सामग्री वितरण समारोह सम्पन्न भएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दर्जबहादुर गोले तामाङको सभाध्यक्षतामा वडाध्यक्ष गोपाल ङेसुर तामाङको प्रमुख आतिथ्यमा विद्यार्थीहरुलाई कपि,पेन्सिल, इरेजर, कटर, स्केल लगायतका सामग्रीहरु वितरण गर्नु भएको थियो ।

सो समारोहमा विद्यालयकी प्र.अ.सुनिता घिसिङ तामाङ,शिक्षक अभिभावक संघका अध्यक्ष कमलबहादुर गोले तामाङ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, कर्मचारीहरु, अभिभावक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।