२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

क्षितिज इङलिस बोर्डिङ स्कुलको १९औँ वार्षिकोत्सव तथा एसईई २०८१ पूरा गरेका विद्यार्थीहरूको विदाइ एवं 'क्षितिज दीप' विमोचन कार्यक्रम सम्पन्न

बालकृष्ण बजगाईं माघ १६, २०८२ ३३९
क्षितिज इङलिस बोर्डिङ स्कुलको १९औँ वार्षिकोत्सव तथा एसईई २०८१ पूरा गरेका विद्यार्थीहरूको विदाइ एवं 'क्षितिज दीप' विमोचन कार्यक्रम सम्पन्न

बनेपा— बनेपा नगरपालिका वडा नं. ७ स्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलको १९औँ वार्षिकोत्सव तथा एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरूको विदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सोही अवसरमा विद्यालयको वार्षिक प्रकाशन ‘क्षितिज दीप’ को चौथो अंक समेत औपचारिक रूपमा विमोचन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोककी प्रमुख उपसचिव सविता दंगालले विद्यालयलाई बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण थलोका रूपमा उल्लेख गर्नुभयो। उहाँले खेलकुद तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूको अन्तरनिहित क्षमता उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

त्यसैगरी प्याबसन काभ्रेपलाञ्चोकका अध्यक्ष श्यामबहादुर भुजेलले विद्यार्थीहरूलाई शैक्षिक जीवनमा अनुशासन र अध्ययनप्रति गम्भीर हुन आग्रह गर्नुभयो। “लुक्सभन्दा बुक्समा ध्यान दिनु आवश्यक छ। जति किताबमा शिर झुकाउन सकिन्छ, भोलि समाजले तपाईंको अगाडि त्यति नै सम्मानका साथ शिर झुकाउनेछ,” उहाँले प्रेरणादायी सन्देश दिनुभयो।

कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवाल विशिष्ट अतिथिका रूपमा सहभागी रहनुभएको थियो। विद्यालय सञ्चालक समिति अध्यक्ष विकास श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष उदयराम कायष्ठ तथा संस्थापक संरक्षक गोविन्दलाल प्रधान, विमला शर्मा लगायतका शेयार सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक लिलाधर पौडेलले विद्यार्थीहरूले शैक्षिक तथा अतिरिक्त क्रियाकलाप दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार २०६३ सालमा विद्यालय स्थापना भएदेखि हालसम्म विद्यालयका ५५७ विद्यार्थीहरूले एसएलसी (एसईई) परीक्षा सफलतापूर्वक उत्तीर्ण गरिसकेका छन्। साथै विद्यार्थीहरूले जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा समेत उल्लेखनीय सफलता हाँसिल गर्दै आएका छन्।

प्रधानाध्यापक पौडेलले विद्यालयले विद्यार्थीहरूको रुचिअनुसार अध्ययन–अध्यापन गर्दै आएको तथा प्रविधिको अधिकतम प्रयोग, नविन सोचको विकास र व्यक्तित्व विकासमा निरन्तर जोड दिँदै आएको उल्लेख गर्नुभयो।कार्यक्रममा प्रस्तुत गरिएको सांस्कृतिक नृत्य, गीत तथा विविध मनोरञ्जनात्मक प्रस्तुतिहरूले समारोहलाई अझ आकर्षक, प्रभावकारी र स्मरणीय बनाएको थियो।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

बालकृष्ण बजगाईं

बालकृष्ण बजगाईं

"बालकृष्ण बजगाईं, नमनखबरका एक सिर्जनात्मक लेखक हुन् । बजगाईं समाचार लेखनमा नवीनता र विश्लेषणात्मक दृष्टिकोण ल्याउँदै समाजको गहिरो अध्ययन गर्छन्। उनी सत्य र विश्वसनीयता प्रति प्रतिबद्ध छन् र विभिन्न विषयमा उत्कृष्ट र प्रेरणादायक सामग्री प्रस्तुत गर्छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।