२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

केकी अधिकारीको 'बोक्सीको घर' वैशाख १४ गतेदेखि

नमनखबर डेस्क साउन २९, २०८१ ३३६
केकी अधिकारीको 'बोक्सीको घर' वैशाख १४ गतेदेखि

नेपाली चलचित्र 'बोक्सीको घर' वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रले समाजमा रहेको बोक्सी प्रथा र यसबाट सिर्जित परिस्थितिको विषयलाई चलचित्रले बोकेको छ ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने गरेको सामाजिक, यौन, संवेगात्मक शोषणको कथालाई चलचित्र मार्फत प्रस्तुत गरिएको छ ।

करिब ८ वर्षअघि सार्वजनिक नाटक  'बोक्सीको घर' मा आधारित रहेर चलचित्र निर्माण गरिएको जनाइएको छ ।  सुलक्षण भारती नाटककै लेखक तथा निर्देशकले चलचित्रलाई निर्देशन गरेका हुन् ।

चलचित्रमा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ ।

सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । समाजमा घटिरहेको तर नभनिएको कथा भन्नुपर्छ भनेर आफूहरूले चलचित्रको निर्माण गरेको अभिनेत्री अधिकारीले बताएकी छिन् । 

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।