२०८३-कार्तिक-०३ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

केकी अधिकारीको 'बोक्सीको घर' वैशाख १४ गतेदेखि

नमनखबर डेस्क • साउन २९, २०८१ • ५५0
केकी अधिकारीको 'बोक्सीको घर' वैशाख १४ गतेदेखि

नेपाली चलचित्र 'बोक्सीको घर' वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको चलचित्रले समाजमा रहेको बोक्सी प्रथा र यसबाट सिर्जित परिस्थितिको विषयलाई चलचित्रले बोकेको छ ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने गरेको सामाजिक, यौन, संवेगात्मक शोषणको कथालाई चलचित्र मार्फत प्रस्तुत गरिएको छ ।

करिब ८ वर्षअघि सार्वजनिक नाटक  'बोक्सीको घर' मा आधारित रहेर चलचित्र निर्माण गरिएको जनाइएको छ ।  सुलक्षण भारती नाटककै लेखक तथा निर्देशकले चलचित्रलाई निर्देशन गरेका हुन् ।

चलचित्रमा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ ।

सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । समाजमा घटिरहेको तर नभनिएको कथा भन्नुपर्छ भनेर आफूहरूले चलचित्रको निर्माण गरेको अभिनेत्री अधिकारीले बताएकी छिन् । 

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।