२०८३-जेष्ठ-०५ मंगलबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

ठट्यौली सेलो ‘बैशमा आँखा देख्दैन’ बजारमा आउँदै

अशोक बुद्ध लामा चैत्र ०५, २०८१ ६८३
ठट्यौली सेलो ‘बैशमा आँखा देख्दैन’ बजारमा आउँदै

 

तामाङ साङ्गीतिक क्षेत्रमा सक्रिय गीत निर्माता एस.के. शिशिर लामा र कञ्चन शेर्पा को सहकार्यमा नयाँ ठट्यौली सेलो दोहोरी गीत ‘बैशमा आँखा देख्दैन’ चाँडै युट्युबमा सार्वजनिक हुँदैछ।

 

यस गीतका शब्द पृथक शब्दकार धनराज लामा को सिर्जना हुन्, जसले आफ्नो ३२औं गीत को रूपमा यसलाई प्रस्तुत गरेका छन्। गीतको संगीत संयोजन र ध्वनि मिश्रण अर्पण थिङ ले गरेका छन् भने स्वरमा गायक अर्पण थिङ र गायिका ल्हामु शेर्पा को दमदार उपस्थिति रहेको छ।

 

निर्माता एस.के. शिशिर लामाले आफ्नै अफिसियल युट्युब च्यानलबाट शनिबार गीत रिलिज गर्ने घोषणा गरेका छन्।

 

गीतको भावनात्मक पक्षबारे शब्दकार धनराज लामा भन्छन्, "टिकटक लाइभमा भेट भएका तामाङ र शेर्पिनी बीच मायाप्रेम गाढा बन्दै जान्छ। अन्ततः उनीहरू जात, धर्म, धनभन्दा मन ठूलो भन्ने निष्कर्षमा पुग्छन्।"

 

मौलिक शब्द, मनछुने लय, र आकर्षक प्रस्तुतीकरणका कारण यो गीतले श्रोता-दर्शकमाझ छुट्टै छाप छोड्ने विश्वास गरिएको छ।

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।