तामाङ चलचित्र संघको १८ औं स्थापना दिवस भव्य रूपमा मनाइँदै, चलचित्र 'उर्गेन' को गीत पनि सार्वजनिक हुने
काठमाडौँ । तामाङ चलचित्र संघको १८ औं स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना हुने भएको छ । "ह्याङला फिल्म ह्याङला व्हाई, सक्से ज्याबा ह्याङला ग्योई" भन्ने नाराका साथ तामाङ चलचित्र संघ (Tamang Films Association) को आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।आगामी २०८३ असार २० गते शनिबारका दिन चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा आयोजना हुने उक्त समारोहमा तामाङ चलचित्र 'उर्गेन' को गीत समेत सार्वजनिक गरिने जनाइएको छ ।स्थापना दिवसको अवसरमा विशेष सांस्कृतिक कार्यक्रमका साथै 'सेमरी छोरङन पदक सम्मान कार्यक्रम' समेत राखिएको छ । चलचित्र विकास बोर्डको सहकार्य तथा सक्सेस फिल्मस् प्रा. लि. को ब्यानरमा हुन लागिरहेको यस कार्यक्रमलाई बालुवाखानी बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकनले प्रायोजन गरेको छ ।त्यस्तै कार्यक्रमलाई गोकर्णेश्वर नगरपालिका (काठमाडौँ), जुगल गाउँपालिका लिसंखुपाखार गाउँपालिका र सुनकोसी गाउँपालिका (सिन्धुपाल्चोक) ले सहयोग गरेका छन् भने बागमती प्रदेश र कोशी प्रदेशमा तामाङ चलचित्र संघले यसको प्रचारप्रसार गरिरहेको छ ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।