जनमुखी बचत तथा ऋण सहकारीको अध्यक्षमा रमेशप्रसाद न्यौपाने निर्वाचित
धुलिखेल । जनमुखी बचत तथा ऋण सहकारी संस्था लि., धुलिखेल–८ को १८औँ वार्षिक साधारण सभा शनिबार संस्थाका अध्यक्ष उद्धवप्रसाद बडालको सभापतित्वमा सम्पन्न भएको छ।
साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ। निर्वाचनबाट रमेशप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति निर्वाचित भएको हो। समितिको उपाध्यक्षमा कृष्णबहादुर भुजेल, सचिवमा गणेशप्रसाद बडाल र कोषाध्यक्षमा पार्वती के.सी. चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा जानुका चौलागाईं, चाँदनी चौलागाईं, प्रल्हाद बडाल, रामहरि बडाल र राजकुमार मिजार रहनुभएको छ।
साधारण सभाले दामोदर बडालको संयोजकत्वमा नवराज हुमागाईं र प्रतिमा बडाल सदस्य रहेको लेखा सुपरिवेक्षण समिति पनि निर्वाचित गरेको छ।
कार्यक्रममा सञ्चालक समिति सदस्य गणेशप्रसाद बडालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने सचिव रमेशप्रसाद बडालले संस्थाको प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना प्रस्तुत गर्नुभयो। कोषाध्यक्ष रमेशप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो।
३१ लाख ४८ हजार ६ सय रुपैयाँ शेयर पूँजी रहेको संस्थाको कुल कारोबार २ करोड ६४ लाख ४ हजार ५३८ रुपैयाँ पुगेको जानकारी दिइयो।
निर्वाचन उपसमिति संयोजक (अधिकृत) साधुराम बडाल तथा सदस्यहरू कृष्णप्रसाद शर्मा र शिव चौलागाईंले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक नवराज बडालले गर्नुभएको थियो।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।