२५२ जना सरकारी कर्मचारी माग
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न २५२ जना कर्मचारी माग गरेको छ। विभागले नेपाल विशेष सेवा अन्तर्गत सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदको लागि दरखास्त आह्वान गरेको हो ।
विभागले सहायक सूचकमा २३४ जना, सुरक्षा गार्ड - १६ जना , परिचर - २ जना कर्मचारी पदपूर्ति गर्ने भन्दै सूचना मार्फत जानकारी गराएको छ ।
सहायक सूचक पदमा दरखास्त दिनको लागि https://nidept.gov.np मा आवेदन दिइ डिजिटल वालेट मार्फत भुक्तानी गर्न सकिनेछ ।
साथै सुरक्षा गार्ड र परिचर पदमा आवेदन दिनका लागि वेबसाइटमा प्राप्त फाराम डाउनलोड गरि रितपूर्वक भरि राष्ट्रिय अनुसन्धान कार्यालय सिंहदरबार वा प्रदेश कार्यालय धनगढी, बुटवल वा धरानमा स्वयं उपस्थित भएर फाराम बुझाउनुपर्छ भनिएको छ। फाराम जहाँबाट भरेतापनि परीक्षा कार्यक्रम काठमाडौंमा हुने भएकाले अनिवार्य रुपमा काठमाडौं उपस्थित भएर परीक्षा कार्यक्रममा उपस्थित हुनुपर्ने विभागले जानकारी दिएको छ ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।