हिमालयन ट्राभल एण्ड टुरबाट दर्जनौं सेवा प्रवाह
२०८२ मंसिर १९ शुक्रबार
जाग्रेब । क्रोएसियामा माउन्टेन ग्रुप डि.ओ.ओ. अन्तर्गत हिमालयन टुर एण्ड ट्राभल्सको नयाँ पहिचान र विस्तारित सेवासहित सञ्चालनमा आएको छ । लामो समयदेखि योञ्जन टुर एण्ड ट्राभल्सका नाममा निरन्तर सेवा प्रदान गर्दै आएको संस्था औपचारिक रूपमा पुनर्संरचना भएसँगै सञ्चालनमा आएको हो । नेपाली प्रवासीहरूको सेवा प्रवाहलाई अझ प्राविधिक, व्यवस्थित, छरितो र प्रवासी–मैत्री बनाउन सेवा आरम्भ गरिएको कम्पनीले जनाएको छ।
नयाँ व्यवस्थापनको आगमनपछि सेवाको गुणस्तर र पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै कम्पनीले क्रोएसियामा रहेका नेपाली समुदायलाई दैनिक आवश्यक पर्ने कागजी तथा प्रशासनिक प्रक्रियाहरू सजिलै गर्न सकिने वातावरण तयार गरेको छ ।
हिमालयन टुर एण्ड ट्राभल्सका सञ्चालक विशाल योञ्जनका अनुसार, नयाँ संरचनामा अत्यावश्यक सरकारी तथा कन्सुलर प्रक्रिया एकै ठाउँबाट सम्पन्न गर्न सकिनेछ । पासपोर्ट नवीकरणका लागि फाराम भर्नेदेखि Appointment लिनेसम्मको सम्पूर्ण सहयोग, भियाना लगायत अन्य मुलुक जाने कागजात तयारी, दस्तावेज बुकिङ, पुलिस रिपोर्ट तयार गर्ने तथा श्रम स्वीकृति नवीकरणजस्ता प्रक्रियाहरू अब द्रुत र व्यवस्थित रूपमा उपलब्ध छन्। साथै, डिजाइन सेवा अन्तर्गत अनलाइन PCC बनाउने, ब्यानर, पोष्टर, प्रमाणपत्र, CV तयारी तथा विभिन्न डिजिटल सामग्री उत्पादनका कामहरू समेत कम्पनीमार्फत व्यावसायिक रूपमा प्रदान गरिनेछन्, जसले प्रवासीहरूलाई समय र स्रोत दुवै बचत गर्न सहयोग पुर्याउने बताइएको छ।
यसबाहेक, नेपालमा कागजात पठाउन वा नेपालबाट आवश्यक डकुमेन्ट ल्याउन चाहने प्रवासीहरूका लागि पनि कम्पनीले नियमित सेवा सुरु गरेको छ। विभिन्न प्रकारका कागजातको फोटोकपी सेवा, आधारभूत कागजी कार्यहरूको परामर्श तथा आवश्यक कागजात छानबिन–तयारी प्रक्रियामा सहयोग जस्ता कामहरू संस्थाबाट सरल र सहज ढंगले उपलब्ध हुनेछन् । क्रोएसियामा बसोबास गर्दै काम, पढाइ वा अन्य कारणले व्यस्त रहने नेपाली समुदायलाई प्रशासनिक प्रक्रिया झन्झटिलो नहोस् भन्ने उद्देश्यले अनुभवी र दक्ष टोलीमार्फत द्रुत, भरपर्दो र पारदर्शी सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
युरोपका विभिन्न देश तथा विश्वका जुनसुकै स्थानका लागि हवाई जहाज टिकट बुकिङ, यात्रा परामर्श, होटल आरक्षण, ट्राभल–सम्बन्धी आवश्यक निर्देशन र मार्गदर्शनजस्ता सेवाहरू पनि कम्पनीले नियमित रूपमा सञ्चालन गरिरहेको छ। यात्रा व्यवस्थापनमा अनुभव र विशेषज्ञता भएका कर्मचारीहरूको संयोजनमा कम्पनीले गुणस्तरपूर्ण सेवा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।
कम्पनीका अनुसार, क्रोएसियामा रहेका नेपाली समुदायका आवश्यकता दिनप्रतिदिन बढ्दै गइरहेका छन् र ती आवश्यकतालाई ध्यानमा राख्दै हिमालयन ट्राभल एण्ड टुरले आफ्नो दायरा, क्षमता र सेवाको स्तरलाई निरन्तर विस्तार गरिरहेको छ। पारदर्शिता, समयपालन, ग्राहकमैत्री व्यवहार र पेशागत विश्वसनीयतालाई मुख्य आधार बनाउँदै कम्पनीले प्रवासी नेपालीहरूको सुगम जीवन र सहुलियतपूर्ण प्रशासनिक प्रक्रियामा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
संस्थाको कार्यालय राजधानी जाग्रेबको बोझकोभिजिभा ३ (PETRINJSKA 22) मा अवस्थित छ । सेवा तथा परामर्श अनलाइन माध्यमबाट समेत लिन सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।