२०८३-श्रावण-०३ आइतबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ६०६ औं शृङ्खला पूरा

नमनखबर डेस्क पुस ०६, २०८१ ४0३
वाग्मती सफाइ महाअभियानको ६०६ औं शृङ्खला पूरा

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार निरन्तर संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानले शनिबार कोटेश्वर पहेंलो पुल वाग्मती नदि आसपासमा आफ्नो गौरवमय ६०६ औं शृङ्खला भव्यतकासाथ पूरा गरेको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा सुन्दरीघाट वाग्मती सफाइ अभियान संयोजक चित्रकुमार सुनुवार,बानेश्वर महिला वातावरण प्रा.लि.अध्यक्ष दुर्गा रावल,झापाका अभियन्ता मदन पोखरेल,बार,सर्लाहीबाट आउनु भएका अभियन्ताहरु,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु,स्थानीय वासिन्दाहरुबाट संकलित १.५ मेट्रीक टन फोहोरको व्यवस्थापन,काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभाग,टेकु,काठमाडौंले गरेको जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।