२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

हरितालिका तिजको अवसरमा बनेपा महोत्सव हुने

अशोक बुद्ध लामा भदौ ०४, २०८२ ३७७
हरितालिका तिजको अवसरमा बनेपा महोत्सव हुने

 

बनेपा,

सुमांगल शान्तिनगर टोल विकास संस्थाको​ आयोजनामा हरितालिका तिजको अवसरमा भदौ ९ देखि २२ गतेसम्ममा बनेपा तिज महोत्सव हुने भएको छ, बाग्मती प्रदेश सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादेको प्रमुखको आतिथ्यमा उद्घाटन हुने आयोजकले बताए, कार्यक्रममा  मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, खाद्यान्न, अटोमोबाइल, जुलुसहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, कृषि औजारका सामाग्रीहरुको प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामाग्रीहरुको स्टलहरु हुनेछन् । त्यसैगरी महोत्सवमा बिक्री हुने सामानहरुको विशेष छुटको व्यवस्था हुनेछ ।

​मनोरञ्जनका लागि, महोत्सवमा बालउद्यान, रोटे पिङ, ड्रागन, नाङ, मिनी बन्जी जम्प, वाटर बल, मिकी माउस, टेमपलिङ, स्कर्पियो आदिका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको हास्यव्यङ्ग्य तथा गीत गायनको बेजोड प्रस्तुति प्रत्येक दिन रहनेछ ।

​नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज-२०८२ को उपलक्ष्यमा भदौ ०९ गतेदेखि भदौ २२ गतेसम्म बनेपा प्राधिकरण चोक, इलाका प्रहरी कार्यालय अगाडि (सुगमार्ग शान्तिनगर टोल) आयोजना हुँदै छ ।

​उक्त महोत्सवका उपलक्ष्यमा काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा आदि जिल्लाका वासिन्दाहरुले समेत लाभ लिन सक्नेछन् ।

​महोत्सवलाई व्यवस्थित बनाउन विद्यार्थीहरुका लागि रु. ५०/- र सर्वसाधारणका लागि रु. १००/- प्रवेश शुल्कको व्यवस्था गरिएको छ भने वृद्धवृद्धाहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । र शनिबार विशेष सांस्कृतिक कार्यक्रम रहनेछ ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।