२०८३-श्रावण-१२ मंगलबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

गीतकार नवराज रायमाझीकाे तिज गीत सार्वजनिक हुँदै

नमनखबर डेस्क साउन १२, २०८३ २१
गीतकार नवराज रायमाझीकाे तिज गीत सार्वजनिक हुँदै

काठमाडौ - हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारेर गीतकार नवराज रायमाझीकाे नयाँ तिज गीत सार्वजनिक हुदैछ।

महिला दिदीबहिनीहरूको भावना, पीडा र सामाजिक यथार्थलाई समेटेर तयार पारिएको उक्त गीत केही दिनभित्रै सार्वजनिक गरिने गीतकार रायमाझीले जानकारी दिए । 

गीतकार नवराज रायमाझीको शब्द रहेको गीतमा चर्चित गायिका प्रयुसा न्यौपानेको स्वर रहेको छ। गीतमा महेश खड्काको संगीत रहेको छ।
गीत सार्वजनिक भएपछि एआर इन्टरप्राइजेसको युट्युब च्यानल तथा नवराज रायमाझीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने बताइएको छ । 
गीतको भिडियोमा गीतकार नवराज रायमाझी स्वयंले पनि अभिनय गरेका छन् भने आयुस्मा कार्कीले मुख्य नायिकाको भूमिका निर्वाह गरेकी छिन्। 
गीतले सामाजिक र मौलिक विषयलाई उजागर गर्ने बताइएको छ ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।