काठमाडौं । इनुशा तामाङले आफ्नो छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । धादिङ खनियाबस गाउँपालिका वडा नम्बर २ बस्ने तामाङले जन्मदिनमा छोरा जोयल तामाङलाई उज्जवल भविष्यको कामना गर्दै आमाले बीमा पोलिसी उपहार दिएकी हुन् ।
छोरा दुई बर्ष पूरा गरेर ३ बर्ष प्रवेश गरेको उनले सिटिजन लाइफको बीमा पोलिसी उपहार स्वरुप प्रदान गरेकी हुन् ।
बिमाबाट सुरक्षित रहन र जीवनको सुनिश्चितता गर्न पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन रहदै आएको छ ।

0 Comments