पनौती। स्थानीय सक्रिय महिला समूहका दिदिबहिनीहरुको उपस्थितिमा प्रत्येक साताको शनिबार संचालन हुँदैं आएको पनौती त्रिवेणी सरसफाइ अभियानले शनिबार पनौतीमा ३१७ औं शृङ्खला सम्पन्न गरेको छ ।
अभियानकी संयोजक सुमित्रा बञ्जाराको नेतृत्वमा,स्थानीय सक्रिय महिला दिदिबहिनीहरु, अभियन्ताहरुको सहभागितामा मठमन्दिर, त्रिवेणी खोला, टोल सरसफाइ, जनचेतनामूलक कार्यसमेत गरिएको थियो ।

0 Comments