सर्वोच्च शिखर सगरमाथामा शेर्पा संघ अमेरिकाको लोगो

सर्वोच्च शिखर सगरमाथामा शेर्पा संघ अमेरिकाको लोगो

नमनखबर डेस्क - २०८१-०४-२९

काठमाडौं । नेपालका प्रथम डीजे गायक तेन्जिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलतापूर्वक आरोहण सन् २०२४ मे २१ तारिख मंगलबारका दिन,बिहान ४:४७ बजे आरोहण गर्नु भइ शेर्पा संघ अमेरिकाको लोगोअंकित झण्डा फहराउनु भएको छ ।

शेर्पा संघ अमेरिकाले डीजे प्रथम गायक शेर्पालाई अमेरिकामा केही महिना अघि बिदाइ गर्ने क्रममा संघको लोगो सगरमाथामा पुर्याउने प्रतिवद्धता जनाउनु भएकोमा, मंगलबार संस्थाको लोगो पुर्याउनु भएको खबर र फोटो पाउँदा सार्है खुशी लागेको,यस कीर्तिमानीको लागि प्रथम डीजे शेर्पालाई बधाईसहित शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा लामा (एपी लामा)ले धन्यवाद व्यक्त गरेका छन् ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments