काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानले शनिबार ५९९ औं शृङ्खला भव्यताकासाथ सम्पन्न भएको छ ।
महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा अमेरिका न्यूयोर्क हडसन नदि सरसफाइ अभियानका अभियन्ता मिस्टर एलन,नदि संरक्षक संस्था अध्यक्ष मेघ आले,आलोकनगर वाग्मती अभियन्ता प्रमिला पौडेल,सुन्दरीघाट वाग्मती सरसफाइ अभियानका संयोजक चित्रकुमार सुनुवार,आलोकनगर बासी,बानेश्वर महिला वातावरण प्रा.लि.का अध्यक्ष दुर्गा दुलाल,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु,स्थानीय वासिन्दाहरुको सहभागितामा २ मेट्रीक टन फोहोरको व्यवस्थापन, काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभाग, टेकु, काठमाडौंले गरेको जनाएका छन् ।

0 Comments