राष्ट्रिय विकासमा केन्द्रित हुन सांसदहरूलाई प्रधानमन्त्रीको सन्देश

राष्ट्रिय विकासमा केन्द्रित हुन सांसदहरूलाई प्रधानमन्त्रीको सन्देश

नमनखबर डेस्क - २०८३-०१-०२

काठमाडौं । प्वारधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एक क्षेत्र वा सीमित भूगोलमा मात्र सीमित नरही देशभरका उत्पीडित, उपेक्षित र पछाडि पारिएका क्लस्टरहरूको सशक्त आवाज र सच्चा पहरेदार बन्न आह्वान गरे।
प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री  शाहले समानुपातिक प्रतिनिधित्वको भूमिका राष्ट्रिय मूलधार र समुदायबीचको सेतुका रूपमा व्याख्या गरे। उनीले समानुपातिक सांसदहरूको जिम्मेवारी पहिले आफ्ना क्लस्टरका मुद्दा उठाउने, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुने र समग्र देशको विकासलाई प्राथमिकतामा राख्ने हुनुपर्ने बताए।
उनका अनुसार प्रत्यक्ष निर्वाचित सांसदहरू भौगोलिक क्षेत्रमा बाँधिएका हुन्छन्, तर समानुपातिक सांसदहरू देशभर फैलिएका आफ्ना क्लस्टरका लागि आशा र विश्वासको केन्द्र हुन्।
आगामी पाँच वर्षसम्म निरन्तर सहकार्य र समन्वय कायम रहने प्रतिबद्धता जनाउँदै उनीले समस्या समाधानमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए। छलफलमा उठेका तात्कालिक विषयमा फलोअप गरिने र आवश्यक सुझाव तथा समन्वयका लागि डिजिटल माध्यम सधैं खुला रहने उनले बताए।

not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments