भुम्लु, काभ्रेपलाञ्चोक
नेकपा एमालेका उम्मेदवारले भुम्लुका मतदातासँग अन्तर्क्रिया गरेका छन् । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे–२ मा प्रत्यक्ष तर्फका उम्मेदवार अशोक ब्याञ्जु, समानुपातिक उम्मेदवार भक्तकुमारी लामा र सुमित्रा भोछिभोया मतदाता भेटघाटका लागि भुम्लु पुगेका थिए ।
उम्मेदवारलाई भुम्लुका एमाले नेता, कार्यकर्ता र समर्थकले भव्य स्वागत गरेका छन् । उम्मेदवारलाई स्थानीयले पञ्चेबाजा बजाएर स्वागत गरेका थिए ।
भेटघाटका क्रममा स्थानीयले वर्षौदेखिको लालपुर्जा प्राप्त गर्न नसकेको, खानेपानी, कृषि, स्वास्थ्य क्षेत्रका समस्या बारे जानकारी गराएका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार ब्याञ्जुले प्राथमिकताको आधारमा क्रमशः समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

0 Comments