काठमाडौं क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार राजानन्द माण्डव्यको रवीन्द्र मिश्रलाई समर्थन

काठमाडौं क्षेत्र नं. १ का स्वतन्त्र उम्मेद्वार राजानन्द माण्डव्यको रवीन्द्र …

नमनखबर डेस्क - २०८२-१०-२७

काठमाडौँ
काठमाडौं क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार तथा राष्ट्रिय पोशाक र झण्डा अभियानका अभियन्ता राजानन्द माण्डव्यले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गर्नुभएको छ।
माण्डव्यले सोही क्षेत्रका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गर्ने घोषणा गर्ने तयारी गर्नुभएको हो।
यस निर्णयबारे औपचारिक जानकारी दिन उहाँले आज पत्रकार सम्मेलन आयोजना गर्न लाग्नुभएको छ। सम्मेलनमा उम्मेदवारी फिर्ता लिने कारण, राजनीतिक धारणा तथा आगामी रणनीतिबारे विस्तृत जानकारी सार्वजनिक गरिने बताइएको छ। कार्यक्रम राष्ट्रिय प्रेस क्लब NCPN अनामनगर काठमाडौँमा गरिने माण्डव्यले जानकारी दिनुभयो। 

not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments