काठमाडौं । HONOR ले नेपालमा आफ्नो नयाँ स्मार्टफोन HONOR X9d सार्वजनिक गरेको छ।
आधुनिक प्रयोगकर्ताको आवश्यकता लक्षित गरी डिजाइन गरिएको यस स्मार्टफोनले शक्तिशाली प्रदर्शन, उत्कृष्ट मजबुती र उच्चस्तरीय विश्वसनीयताको संयोजन प्रस्तुत गर्ने कम्पनीले जनाएको छ। HONOR X9d ले यस सेग्मेन्टमा प्रयोगकर्ताको अपेक्षालाई नयाँ स्तरमा पुर्याउने दाबी गरिएको छ।
नवप्रवर्तन र मजबुतीलाई प्राथमिकतामा राखेर तयार गरिएको HONOR X9d मा २.५ मिटर ड्रप रेसिस्टेन्स, उद्योगमै अग्रणी IP69K रेटिङ, दीर्घकालीन प्रयोगका लागि ८३००mAh क्षमताको ठूलो ब्याट्री तथा हरेक क्षणलाई स्पष्ट र जीवन्त रूपमा कैद गर्न सक्ने १०८ मेगापिक्सेलको उच्च रेजोलुसन क्यामेरा जस्ता विशेषता समावेश छन्।
यी सुविधाले टिकाउपन र उत्कृष्ट प्रदर्शनबीच सन्तुलन कायम गर्ने HONOR को उद्देश्यलाई प्रतिबिम्बित गर्छन्।नेपाली बजारमा HONOR X9d दुई भेरियन्टमा उपलब्ध हुनेछ।
8GB RAM र 256GB स्टोरेज भएको भेरियन्टको मूल्य रु. ५४,९९९ तोकिएको छ भने 12GB RAM र 256GB स्टोरेज भेरियन्टको मूल्य रु. ५९,९९९ निर्धारण गरिएको छ।स्मार्टफोनको लञ्च अवसरमा HONOR ले ग्राहकहरूका लागि आकर्षक प्रि–बुकिङ अफर सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार प्रि–बुकिङ अवधि २०२६ जनवरी २३ देखि जनवरी २८ सम्म रहनेछ, जसअन्तर्गत प्रारम्भिक ग्राहकहरूले विशेष सुविधा र उपहार प्राप्त गर्न सक्नेछन्।
प्रि–बुकिङ गर्ने ग्राहकहरूले रु. १५,९९९ मूल्य बराबरको HONOR Choice Watch 2 Pro निःशुल्क प्राप्त गर्नेछन्। यसका साथै, रु. २०,००० मूल्य बराबरको एक वर्षे सेवा सुविधा पनि उपलब्ध गराइनेछ, जसअन्तर्गत स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट तथा पानीबाट हुने क्षतिको मर्मत सेवा समावेश गरिएको छ। यस सुविधाले ग्राहकलाई थप सहजता र मानसिक शान्ति प्रदान गर्ने HONOR को विश्वास छ।
अझ आकर्षक बनाउँदै, प्रि–बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यशालीले रु. ५८,९९,९९९ मूल्य बराबरको बिल्कुल नयाँ Deepal S05 कार जित्ने अवसर पनि पाउनेछन्। यस अफरले HONOR X9d को प्रि–बुकिङ अभियानलाई नेपालकै सबैभन्दा रोमाञ्चक र मूल्यवान स्मार्टफोन अफरहरूमध्ये एक बनाएको छ।
HONOR ले ग्राहकहरूलाई नजिकको HONOR आउटलेट वा आधिकारिक रिटेल स्टोर मा पुगेर HONOR X9d प्रि–बुक गर्न आग्रह गरेको छ।
कम्पनीले नवप्रवर्तन, मजबुती र प्रिमियम मूल्यको उत्कृष्ट संयोजन अनुभव गर्न अबको पुस्ताका प्रयोगकर्तालाई HONOR X9d उपयुक्त विकल्प हुने विश्वास व्यक्त गरेको छ।

0 Comments