ललितपुर । महाङकाल गा.पा.१ बुखेलस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत ८० जना (कक्षा ६ देखि १० सम्मका) तामाङ,दलित तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन आइतबार लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजनमा विद्यार्थीलाई पोशाक वितरण समारोह एक भव्य समारोहकाबीच सम्पन्न भएको छ ।
शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८ औं बुद्ध जयन्तिको सुखद अवसरमा बौंद्ध, काठमाडौं निवासी समाजसेवी एवं लोकेश्वर मिडिया सर्भिसका प्रमुख आजीवन संरक्षक सुर्यबज्र लामाज्यु, न्यूयोर्क अमेरिका निवासी सामाजिक अभियन्ता, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना उपसभामुख, व्युटिसियन एवं आजीवन संरक्षक निमा गोले तामाङज्युले आफ्नो स्वर्गीय ममतामयी आमा ठामा डोल्मा योञ्जन,पुज्यनिय सासू पुतली घिसिङ तामाङको सम्झनामा, पितृहरुको आत्माले मोक्क्ष प्राप्त होस् भन्ने कामनासहित मातातीर्थ औंसीको पावन अवसरमा र ललितपुर गोदावरी नगरपालिका वडा नं.१२ ठेचो निवासी सामाजिक अभियन्ता एवं आजीवन संरक्षक निर्मला क्षेत्रीको सहयोगमा कपडा सौंजन्य तथा अन्य व्यवस्थापनमा गरिएको समारोहका प्रमुख अतिथि एवं वडाध्यक्ष रामप्रसाद घिमिरे,अतिथि एवं कार्यपालिका सदस्य तथा वडा सदस्य लक्ष्मी सञ्जेल र अतिथि एवं वडा सदस्य सन्तलाल बम्जन लामाले विद्यार्थीहरुलाई पोशाक, विद्यालय पोशाक, पुरस्कार र स्टेशनरी सामग्री वितरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक रामकृष्ण तिमल्सिनाले स्वागत मन्तव्य, शिक्षक नन्दप्रसाद तिमल्सिनाले कार्यक्रमको संचालन गर्नु भएको समारोहमा विद्यालय तथा शिक्षा सुधार सम्बन्धि अन्तरक्रिया, छलफल, विद्यालयको भावी योजना बारे अन्तरक्रियासमेत गरिएको थियो ।
समारोहमा वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको, शिशुदेखि कक्षा ३ सम्मका विद्यार्थीलाई पोशाक, कक्षा ४ देखि ५ सम्मका विद्यार्थीलाई स्टेशनरी सामग्री, पुरस्कार वितरण गरिएको विद्यालयका प्र.अ.रामकृष्ण तिमल्सिनाले जनाएका छन् ।

0 Comments