बनेपाबाट च्याम्राङबेसी हुँदै  हेटौडा बस सरर

बनेपाबाट च्याम्राङबेसी हुँदै हेटौडा बस सरर

बालकृष्ण बजगाईं - २०८२-०८-०१

बनेपा, काभ्रेपलाञ्चोक, २०८२ मंसिर १ 

बनेपाबाट पनौती हुँदै हेटौंडा पुग्ने नयाँ बस सेवा सुरु  भएको छ । २०८२ मंसिर १ गतेदेखि संचालनमा आएको यस यात्रु बाहक बस बनेपाबाट च्याम्राङबेशी, हुचिटर, अदेरी, फापरबारी हुँदै हेटौंडासम्म सञ्चालन हुनेछ । बनेपा बसपार्कबाट बिहान ७ बजे बस छुट्नेछ भने पनौतीबाट बिहान ८ बजे बस प्रस्थान गर्नेछ । 

पुण्यवती यातायात मार्फत चल्ने बस  बनेपा, पनौती, ढुंखर्क, च्याम्राङ्गबेशी, सुकुमफेदी, सिलिङ्गे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसुडे, फुर्केचौर, छतिउन, चिसापानी हुँदै बागमती प्रदेशको राजधानी हेटौडा पुग्नेछ । यसअघि बनेपाबाट छोटो दुरीमा प्रदेश राजधानी हेटौडा पुग्ने बस सेवा उपलब्ध भएको थिएन । नयाँ बस सेवाले पश्चिम काभ्रे, दक्षिण ललितपुर र मकवानपुरका यात्रुहरूलाई सार्वजनिक यातायात प्रयोग गरी हेटौंडा पुग्न सहज बनाउनेछ।

यससँगै लामो दूरीमा यात्रा गर्नुपर्ने यात्रुहरूको समय र खर्च दुवै बचत हुनेछ । आगामी दिनमा नारायणी यातायातबाट पनि हेटौंडा–बनेपा बस सञ्चालनका लागि छलफल भइरहेको  जानकारी प्राप्त भएको छ । 

यस रुटमा बस सञ्चालन गर्न उपयुक्त देखिएको भन्दै बेथानचोक गाउँपालिका वडा नं. १ कार्यालयले पूर्ण समर्थन सहित काभ्रे पुण्यवती यातायातलाई सिफारिस गरेको थियो ।   बस सेवा सञ्चालन भएपछि प्रदेश राजधानी हेटौडा आवत–जावत गर्नुपर्ने तीन ओटै जिल्लामा वडा तथा गाउँपालिकाका नागरिकहरूलाई ठूलो सहजता हुने बेथानचोक गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मधुसुदन तिमल्सिनाले उल्लेख गर्नुभएको  छ । यसबाट ग्रामीण क्षेत्रका नागरिकलाई यातायात सुविधा बढ्ने मात्र नभई सेवा, व्यवसाय, शिक्षा तथा प्रशासनिक काममा सहज हुने विश्वास गरिएको छ।


not-found

बालकृष्ण बजगाईं

"बालकृष्ण बजगाईं, नमनखबरका एक सिर्जनात्मक लेखक हुन् । बजगाईं समाचार लेखनमा नवीनता र विश्लेषणात्मक दृष्टिकोण ल्याउँदै समाजको गहिरो अध्ययन गर्छन्। उनी सत्य र विश्वसनीयता प्रति प्रतिबद्ध छन् र विभिन्न विषयमा उत्कृष्ट र प्रेरणादायक सामग्री प्रस्तुत गर्छन्।"

0 Comments