२०८३-श्रावण-२८ बिहिबार

बिहानको ११:२५:२७

सिटिजन लिडर्स लामाको नेतृत्वमा विद्यार्थीले पाए विद्यालय पोशाक

अशोक बुद्ध लामा पुस ०४, २०८१ १२0७
सिटिजन लिडर्स लामाको नेतृत्वमा विद्यार्थीले पाए विद्यालय पोशाक

सिटिजन लाईफ ईन्सुरेन्स टोखा शाखामा कार्यरत सिटिजन लिडर्स एजेन्सि मेनेजर क्षेत्र बहादुर लामाद्वारा श्री नागदेवी माध्यमिक विद्यालय रोशी गाउँ पालिका वडा नं ४, काभ्रेमा अध्ययनरत बाल कक्षादेखी कक्षा १० सम्मको सम्पूर्ण बिधार्थीहरूलाई ट्र्याकसूट र जुत्ता वितरण गरिएको छ। लामा बिगत ९ बर्ष देखि यसै बिद्यालयमा माध्यमिक गणित शिक्षक रूपमा कार्यरत छन। कसैको कुभलो नसोच्ने, सधै आफुलाई ब्यस्त रहन मन पराउने सकारात्मक सोचले भरिपुर्ण लामा आफ्नो विधार्थीहरूको बास्तविक अवस्था र आवश्यकतालाई पहिचान गरी बिगत लामो समय देखि आफ्नो बिद्यार्थीहरूलाई जाडोको लागि न्यानो कपडा, स्टेशनरी सामाग्री तथा खेलकुदको सामाग्रीहरू वितरण  गर्दै अईरहेको छन। यस्तो कार्यको लागि आफ्नो साथीहरुलाई आर्थिक सहयोगको अनुरोध  गरी  कार्यक्रम सम्पन्न गर्ने गरेको लामा बताउछन् । 

कार्यक्रम वि.ब्य.स. अध्यक्ष सहित पदाधिकारीहरू, शिक्षक अभिभावक सघंका पदाधिकारीहरू, वडा सदस्य अनि अबिभावकहरूको उपस्थितिमा सम्पन्न भयो । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।