रोशीमा राहत वितरण कार्यक्रम सम्पन्न

no-image

अशोक बुद्ध लामा - २०८२-०१-३०

गत असोज १०, ११र १२ गतेको विनाशकारी बाढीपहिरोले प्रभावित  रोशी ११ को तल्लो क्षेत्रको  एकल महिला, एकल पुरुष तथा वृद्धअवस्था भएको व्यक्तिहरुलाई शान्ति जन आदर्श सेवा केन्द्र र अक्सफर्मको सहयोग र वडाको समन्वयमा राहत वितरण गरिएको छ । वडा अध्यक्ष लाल कुमार पाख्रिन र शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाको उपस्थितिमा वितरण गरिएको  कार्यक्रममा बोल्दै रोशी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष लालकुमार पाख्रिनले शान्ति जन आदर्श सेवा केन्द्र विशेष गरि खानेपानी साथै  अरु  विकासको क्षेत्रमा पनि अग्रणी संस्था भएकोमा खुसी व्यक्त गर्दै आफ्नो वडामा पनि सहयोग गरेकोमा धन्यवाद दिदै घर खेत बगाएकोमा सरकारले समेत उल्लेखनीय सहयोग गर्न नसकेको र सरकारले मापदण्ड बनाउदै सहयोग गर्ने विस्वास व्यक्त गर्नुभयो


 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लामाले राहत वितरण कार्यक्रम रोशी,नमोबुद्ध,बेथानचोक , तेमाल र पनौती पालिकामा रहेको र विभिन्न दातृनिकायको सहयोगमा हालसम्म संस्थाले ६५००० जना व्यक्तिहरुलाई खानेपानी उपलब्ध गरेको स्मरण गर्दै असोजको विपत्ती पछि मात्रै  खाद्यान्न ५१९  घरधुरीलाई ६० किलोको दरले चामल र अन्य खाद्यान्न सामाग्री वितरण गरेको , न्यानो कपडा ६५० घरदुरीलाई  र अन्या स्वच्छता सामग्री , डिग्निटी कीट, लगायतका सामग्रीहरु वितरण गरिएको समेत बताउनु भयो। उक्त संस्थाले जिल्लामा असोजको बिपत्ति पछि मात्रै अक्सफम सङ्गको साझेदारीमा १६ वटा खानेपानी र ३ वटा सिचाइ आयोजना मर्मत गरि हस्तान्तरण समेत गरिएको छ भने CRS  नेपालको साझेदारीमा ३७ वटा खानेपानी र सिचाइहरु समेत मर्मत सम्पन्न गरिएको छ साथै बाढी तथा पहिरो प्रभावित करिब एक हजार घर परिवारलाई नगद समेत वितरण गरिएको थियो। त्यसै गरि संस्थाले जिल्लाको ५ वटा प्रभावित स्थानीय तहका १३२० घर धुरीलाई जस्तापाता वितरण गर्न लागेको र त्यसको लागि तथ्यांक संकलन भैसकेको समेत लामाले बताउनु भयो ।

 

कार्यक्रममा वडा अध्यक्ष लालकुमार पाख्रिन,शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामा, विकासका लागि महिला मञ्चका अध्यक्ष जेसुन लामा, तामाङ पत्रकार संघ जिल्ला सचिव अशोक बुद्ध लामा संस्थाका कर्मचारीहरु साथै स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन संस्थाका प्रतिनिधि तेमाल सिं लामाले संचालन गर्नुभएको थियोे!!!


not-found

अशोक बुद्ध लामा

समाचारदाता

0 Comments