आजबाट नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल नेपालभित्र निष्क्रिय गरिदै

आजबाट नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल नेपालभित्र निष्क्रिय गरिदै

बालकृष्ण बजगाईं - २०८२-०५-१९

काठमाडौं, भदौ १९, २०८२

आजबाट नेपालमा आधिकारिक रूपमा सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय हुने भएका छन् । सर्वोच्च अदालतको निर्देशनअनुसार नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न कडाइ गरेको छ। अदालतको बृहत पूर्ण इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दा (मुद्दा नं. ०८०-CF-००१२) मा स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सञ्चालनपूर्व सम्बन्धित साधिकार निकायबाट सूचीकरण अनिवार्य गर्ने आदेश दिएको हो।

सो आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद्को २०८२ भदौ ९ गतेको निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनको म्याद दिई सूचीकरणको सूचना २०८२ भदौ १२ गते सार्वजनिक गरेको थियो। तर, तोकिएको समयमा सम्पर्क नगरेका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेपछि पुनः सक्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयले निर्देशन दिएको छ।

यस निर्णय सँगै नेपालमा टिकटको, भाइबर, वि-टक, निम्बुज मात्र चल्नेछ । यस निर्णयले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरण प्रक्रियामा सहभागी हुन बाध्य पार्ने जानकारहरू बताउँछन् ।


not-found

बालकृष्ण बजगाईं

"बालकृष्ण बजगाईं, नमनखबरका एक सिर्जनात्मक लेखक हुन् । बजगाईं समाचार लेखनमा नवीनता र विश्लेषणात्मक दृष्टिकोण ल्याउँदै समाजको गहिरो अध्ययन गर्छन्। उनी सत्य र विश्वसनीयता प्रति प्रतिबद्ध छन् र विभिन्न विषयमा उत्कृष्ट र प्रेरणादायक सामग्री प्रस्तुत गर्छन्।"

0 Comments