17.1ºc
२०८२-०२-०९
पनौती । काभ्रेमा वैशाख २९ गते परेको अविरल वर्षाले एक महिलालाई बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ५ सुब्बा गाउँ नजिकै रहेको ढलमले खोलाले सोही स्थानमा बस्ने राजेश गिरिको श्रीमती ३३ वर्षिय रेणुका गिरिलाई बगाएको हो ।
गिरिलाई बारीमा काम गरि घर फर्किने क्रममा ढलमले ठाडो खोलाले बगाउँदा बेपत्ता भएकी हुन् । बेपत्ता भएकी गिरिको खोजतलास भइरहेको काभ्रे प्रहरीले जनाएको छ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोलिले खोज तलास कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक ले जानकारी दिएको छ।
"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"
0 Comments