तामाङ समाज युएईको उद्देश्य यूएईमा रहेको तामाङहरुको सामाजिक, सांस्कृतिक र आर्थिक विकासलाई प्रोत्साहन गर्नु हो अध्यक्ष: भिम दोङ तामाङ

तामाङ समाज युएईको उद्देश्य यूएईमा रहेको तामाङहरुको सामाजिक, सांस्कृतिक र …

नमनखबर संवाददाता - २०८२-०१-२६

तपाईँको परिचय ?

 

 मेरो नाम भिम दोङ तामाङ हो । घर काभ्रेपलान्चोक रोशी गाउँ पालिका वडा नम्बर ९ पिन्थलीमा हो । हाल : यूएईमा बसोबास गर्दै छु । विगत 17 बर्ष देखि यूएईको एक प्रतिष्ठित कम्पनी अरेबियन इन्टरनेसनल कम्पनीमा कार्यरत छु ।

 

आजभोलि केमा व्यस्त हुनुहुन्छ ? 

 

आजभोलि उहि दैनिकी परदेशको काम कम्पनी कै काममा बेस्ता हुन्छु । हप्ताको एक दिन संस्था  तामाङ समाजको लागि छुट्याइएर   समाज सेवामा लागि परेको छु ।


 

तामाङ समाज युएई गठन गर्नुको उद्देश्य के हो?

 

तामाङ समाज युएईको गठनको उद्देश्य यूएईमा रहेको तामाङहरुको सामाजिक, सांस्कृतिक र आर्थिक विकासलाई प्रोत्साहन गर्नु हो। युएईमा बसोबास गर्ने तामाङहरूले आपसमा एकताको भावना कायम राख्दै, सांस्कृतिक पहिचान र परंपराहरूलाई जोगाउनका लागि एक जुट हुने उद्देश्य राखेका छ। यस संगठनले तामाङ भाषाको प्रचार, तामाङ संस्कृति, भेषभुषा र धर्मको संरक्षण तथा  तामाङ समुदायको हक र अधिकारका लागि संघर्ष गर्नेछ। साथै, तामाङ समाज युएईले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा सहयोग पुर्याएर समुदायको समग्र विकासमा योगदान पुर्याउने प्रयास गर्नेछ। यो समाज समाजका सदस्यहरूलाई आपसमा सहयोग र एकता कायम राख्नका लागि प्रोत्साहन गर्नेछ र भविष्यमा युएईमा तामाङ समुदायको प्रभावकारी स्थान बनाउन मद्दत गर्नेछ।

 

तामाङ समाज युईले हालसम्म गरेको काम र उपलब्धिहरु??

संस्था  गठन गरी अनुरूप कार्यहरू गर्न सकेको छ

 

"तामाङ समाज यूएई" (Tamang Society of UAE) ले युएईमा रहनुभएका तामाङ समुदायका सदस्यहरूको हित, संस्कृति संरक्षण, सहयोग र सामाजिक समरसता प्रवर्द्धन गर्न विभिन्न गतिविधिहरू गर्दै आएको छ। यसको प्रमुख काम र उपलब्धिहरू निम्नानुसार उल्लेख गर्न सकिन्छ । 

 

1. सामाजिक एकता र संगठन निर्माण

 

युएईमा बसोबास गर्ने तामाङ समुदायलाई एकतामा बाँध्न संगठनात्मक संरचना निर्माण गरिएको छ।

 

विभिन्न इमिरेटहरूमा क्षेत्रीय समितिहरु विस्तार गरिएको छ।

 

2. सांस्कृतिक संरक्षण र प्रवर्द्धन

 

तामाङहरुको महान पर्व सोनाम ल्होछार, बुद्ध जयन्ती, जस्ता  कार्यक्रमजस्ता पर्वहरू भव्य रूपमा मनाउने गरेको छ ।

 

तामाङ भाषा, संस्कृतिमा, र भेषभूषा  प्रवर्द्धनमा योगदान गरेको छ ।

 

3. शैक्षिक र प्रेरणादायी कार्यक्रम

 

विद्यार्थीहरूलाई छात्रवृत्ति, सम्मान तथा उत्प्रेरणा दिने कार्यक्रमहरु गरेको छन । कुलमान घिसिङ, डा. भावना तामाङ, डा. मुक्त सिह तामाङ, चन्द्र कुमार मोक्तान, इन्दिरा गोले, नेपाल सरकारको पुर्व सचिब धन बहादुर तामाङ जस्तालाई इन्क्वरेज्मेन्ट अवार्डहरु दिएको छन । 

 

नेपालमा 2012 देखि अहिलेसम्म ग्रामीण भेगका 10-12 वटा स्कुलहरुलाई सहयोग गरिएको छन 

 

व्यक्तित्व विकास र सीप अभिवृद्धिका लागि तालिम तथा सेमिनारहरू आयोजना गरिएको छन।

 

4. सामाजिक सहयोग आपतकालीन सहायता 

 

दुर्घटनाग्रस्त, बिरामी वा मृत्यु भएका नेपाली (विशेषगरी तामाङ समुदाय) सदस्यहरूलाई सहयोग गरेका छन।

 

COVID-19 वा अन्य विपत्तिमा खाद्यान्न, स्वास्थ्य सामग्री तथा आर्थिक सहायता वितरण गरिएका छन ।

 

नेपालमा बाढी पहिरो, भुकम्प आउँदा आर्थिक सहयोग लगायत विभिन्न सहयोगहरु गरेका छन 

 

5. सहयोगी संस्था तथा दूतावाससँग समन्वय

 

नेपाली दूतावास, यूएईकै पुरानो संस्था नेपाली समाज यूएई तथा एनआरएनए, आदिवासी जनजाति यूएई महासंघ लगायत युएईस्थित अन्य नेपाली संघसंस्थाहरूसँग सहकार्य गर्दै आएको छन ।

 

सक्रिय संस्थागत संरचना गठन गरी नियमित कार्य सञ्चालनहरु गरेको छन।

थुप्रै सांस्कृतिक कार्यक्रमहरू भव्यरूपमा सम्पन्न गरेको छन।

समुदायमा आत्मपहिचानको भावना बढेको छ।

सहयोग अभियानहरू मार्फत धेरैलाई प्रत्यक्ष लाभ पुर्याएको छ।

 

नेतृत्व विकास — युवाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउने अभ्यास गरेको छ । 

  जस्तैः तामाङ समाज यूएईको संस्थापक अध्यक्ष यूएई छोडेर नेपाल पुगे पछि गाउँ पालिका अध्यक्ष जस्तो पदमा र संस्थापक उपाध्यक्ष महेन्द्र तामाङ वडा अध्यक्ष सम्म निर्वाचनमा जित हासिल गरि पालिका र वडाको नेतृत्व सम्म गरेको छ ।

 

यहाँ त तपाईँहरू कर्म गर्न आएको हो

सामाजिक काम गर्न कत्तिको सहज छ?

 

हो, हामी परदेशमा कर्म गर्न आएका हौं, मुख्य रूपमा रोजगार र भविष्य सुरक्षित गर्न। तर जहाँ बसेको छौं, त्यहाँको समाजप्रति पनि हाम्रो दायित्व हुन्छ। सामाजिक काम गर्न सजिलो त छैन — समय, स्रोत र कानुनी प्रक्रियाको चुनौती हुन्छ। तर इच्छाशक्ति भए असम्भव पनि हुँदैन। हामीले यहाँका नेपाली समुदायलाई सहयोग पुर्‍याउने, एकता कायम राख्ने र आपतबिपतमा साथ दिने जस्ता कार्य गर्दै आएका छौं। संस्थागत रूपमा अघि बढ्दा सहकार्य र समर्थन आवश्यक पर्छ। समय मिलाएर, मन मिलाएर काम गर्दा परदेशमा पनि सामाजिक सेवा सम्भव छ। यो हाम्रो चिनारी हो — हामी जहाँ जान्छौं, त्यहाँ सकारात्मक परिवर्तन ल्याउने प्रयास गरेका हौं ।

 

कुलमान घिसिङ र कान्छाराम तामाङको बर्खास्तीबारे तपाईंको धारणा???

 

नेपालमा कुलमान घिसिङ र कान्छाराम तामाङलाई हटाइनु प्रतिशोधको संकेत जस्तो देखिन्छ। उनीहरूले ऊर्जा र प्रसारण क्षेत्रमा गरेको सुधार र प्रभावशाली कार्यशैली जनताले खुलेर समर्थन गरेका थिए। यिनको हटाइ योजनाबद्ध विकासभन्दा पनि राजनीतिक दबाब र प्रतिशोधको परिणाम भएको आभास हुन्छ। प्रधानमन्त्रीको नेतृत्वमा गरिएको यस्तो निर्णयले पेशागत क्षमताभन्दा पनि व्यक्तिगत रुचि र स्वार्थलाई प्राथमिकता दिएको देखिन्छ। यसले योग्य र इमानदार व्यक्तिहरूको मनोबल घटाउनेछ र संस्थागत सुधार प्रक्रियामा बाधा पुर्‍याउने सम्भावना पनि देखिन्छ।

 

 संसारभरका तामाङहरुलाई तपाईको सन्देश??

 

संसारभर छरिएर बस्नुभएका सम्पूर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो नमस्कार र हार्दिक सम्मान। हामी तामाङहरू हाम्रो भाषा, संस्कार, संस्कृति, पहिचान र इतिहासले गर्व गर्न लायक समुदाय हौ। जहाँ रहे पनि हामीले आफ्नो मौलिकता जोगाउदै आपसी सद्भाव, एकता र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ। नयाँ पुस्तालाई शिक्षित, सशक्त र संस्कारयुक्त बनाउन हामी सबै जिम्मेवार हुनुपर्छ। हामी एक हौ, एकता नै शक्ति हो, र विश्वभर तामाङ नामलाई सम्मानका साथ उचो राख्न सक्ने सामर्थ्य हाम्रो भित्र छ र राखिनुपर्छ ।


0 Comments