भाषा धर्म, संस्कृति, संस्कार,संरक्षण तथा प्रबर्द्धन गर्ने र उदेश्य हो केन्द्रीय सदस्य लामा

भाषा धर्म, संस्कृति, संस्कार,संरक्षण तथा प्रबर्द्धन गर्ने र उदेश्य हो …

अशोक बुद्ध लामा - २०८२-०२-०२

तपाईंको परिचय

मेरो परिचय मेरो नाम फुर्साङ मोक्तान जन्म घर  तेमाल गा पा वडा नं ८ ल्होङ्सालमा जन्मे पनि मेरो स्थायी बसोबास हुर्किने मेरो सबै कर्म थलो रोशी गा पा वडा नं १२ हर्कपुरमा हो हाल तामाङ घेदुङ केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज छु!

तामाङ घेदुङ कस्तो संस्था हो???

तामाङ घेदुङ नेपाल र बिश्व भरी रहेका सबै तामाङहरुको साझा  घर अथवा संस्था हो ।

 

यो संस्थाको उदेश्य??

यो संस्थाको उदेश्य भनेको तामाङहरुको भाषा धर्म, संस्कृति, संस्कार,संरक्षण तथा प्रबर्द्धन गर्ने र सामाजिक राजनीति क्षेत्रमा चेतना जगाउने नै तामाङ घेदुङको उदेश्य हो।

 

तामाङहरुको अवस्था कस्तो छ???

तामाङहरुको अवस्था पहिलेको भन्दा  संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था  पछि सामाजिक आर्थिक राजनीति हिसाबले सुधार उन्मुख देखिन्छ।

 

के तामाङहरुको हकहितको लागि यो संस्था अभिभावक नै हो???

तामाङहरुको हकहितको लागि यो संस्था स्थापन काल देखि अभिभावकको भुमिका खेल्दै आएको छ र आभिभावक नै हो।

 

तामाङ जातीहरु अगाडि बढ्नमा के कस्ता चुनौती देखिन्छन् ??

तामाङ्हरु जातिहरु अगाडि बढ्नमा चुनौतीहरु छन् मुख्यत शिक्षा नै हो अनि तामाङहरु विभिन्न विचार समुहको नामले एकता नहुनु आफ्नो समुदायको लागि एक रुपता नभएर पनि जस्तो लाग्छ।शिक्षामा अहिले पनि कमि छ शिक्षित भएसी जस्तोसुकै चुनौती लाई सामना गर्ने तागत बन्छ।

 

कुलमान घिसिङ र कान्छराम तामाङको बर्खास्तीको बारेमा के भन्नुहुन्छ???

कुलमान घिसिङ र कान्छाराम मात्रै होइन शेर ब तामाङ पनि बर्खास्ती गरे यो एकल जातीय अहंकार वादको कारणले हो ? नेपालमा आदिबासी जनजाति उत्पीडित समुदाय हरुले जाह रहे पनि एक अर्कालाइ सहयोग गर्ने एक भएर जहिले सम्म लाग्दैन हामीलाई गर्ने व्यवहार त्यस्तै गर्दै जान्छ।

 

अन्तमा केही सन्देश....

अन्तमा आदिवासी जनजाति सम्पुर्ण उत्पीडित समुदायहरुले  मुख्यत शिक्षमा जोड दिनुपर्छ। राजनीतिक  सामाजिक हिसाबले अगाडि बढ्नु पर्छ आफ्नो समुदायलाई बुझाउने, आफ्नो,भाषा संस्कृति,संस्कार लाई संरक्षण तथा प्रवर्द्धन गर्दै अगाडि बढ्नु पर्छ जस्तो लाग्छ।


not-found

अशोक बुद्ध लामा

समाचारदाता

0 Comments