प्रभात माविको ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

प्रभात माविको ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बालकृष्ण बजगाईं - २०८२-१०-१५

बनेपा - प्रभात मावि बनेपा ३ को ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल, शिक्षा शाखा प्रमुख देवराज निरौला, विद्यालयका प्रधानाध्यापक रामकुमार मिजार, शिक्षासेवी, शिक्षकहरू, अभिभावक एवं विद्यार्थीहरूको उत्साहमूलक सहभागिता रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै बनेपा नगरपालिका उपप्रमुख सापकोटाले बच्चाहरूलाई पढ्न अभिभावकले निर्देशन दिएर मात्र नहुने रोल मोडल बनेर प्रस्तुत हुनुपर्ने धारणा राख्नुभयो । विद्यालयमा भर्ना गरिदिनु मात्रै पर्याप्त नहुने धारणा राख्दै उपप्रमुख दाहालले अभिभावकले पनि विद्यार्थीको हेरचाह गर्न आवश्यक हुने बताउनुभयो । 

विद्यालयमा अध्यापन गरिरहनु भएको शिक्षकहरूको प्रशंसा गर्दै उपप्रमुख दाहालले स्थानीय सरकारको प्रतिनिधिको नाताले गुणस्तरिय शिक्षा प्रवाह गर्न आवश्यक स्रोत, शिक्षक, व्यवस्थापन, तालिम, शैक्षिक सामग्री व्यवस्थापनका लागि सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा १५ जना एस.ई.ई. उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा विदाई गरिएको थियो । 

विद्यालय व्यवस्थापन समिति सदस्य बालकृष्ण दाहालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षिका मेनुका चौलागाईले गर्नुभएको थियो ।  


not-found

बालकृष्ण बजगाईं

"बालकृष्ण बजगाईं, नमनखबरका एक सिर्जनात्मक लेखक हुन् । बजगाईं समाचार लेखनमा नवीनता र विश्लेषणात्मक दृष्टिकोण ल्याउँदै समाजको गहिरो अध्ययन गर्छन्। उनी सत्य र विश्वसनीयता प्रति प्रतिबद्ध छन् र विभिन्न विषयमा उत्कृष्ट र प्रेरणादायक सामग्री प्रस्तुत गर्छन्।"

0 Comments