बेथानचोक भुग्देउ थिङछापमा ४० जना विद्यार्थीलाई पोशाक वितरण सम्पन्न

बेथानचोक भुग्देउ थिङछापमा ४० जना विद्यार्थीलाई पोशाक वितरण सम्पन्न

नमनखबर डेस्क - २०८२-०२-१२

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका वडा नं.६ महाङकालचौंर, भुग्देउ थिङछापस्थित श्री धनलक्ष्मी देवी प्राथमिक विद्यालयमा अध्ययनरत ४० जना तामाङ, दलित तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन,गत असोज १२ गते गएको बाढी पहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र भगवान बुद्धको गौतम बुद्धको २५६९ औं बुद्ध जयन्तीको पावन अवसरमा लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा,काठमाडौं बौंद्ध निवासी वरिष्ठ समाजसेवी सुर्यबज्र लामाको व्यक्तिगत पोशाक सौंजन्यमा सोमबार विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।

विद्यालयकी प्र.अ.रोजिना वाईबा तामाङकानुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर तामाङको सभाध्यक्षतामा,वडाध्यक्ष एवं प्रमुख अतिथि विष्णु मोक्तान तामाङले विद्यार्थीहरुलाई पोशाक वितरण गर्नु भएको,वडाका जनप्रतिनिधि,शिक्षक अभिभावक संघकी अध्यक्ष करुणा तामाङ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थीहरुको उपस्थिति रहेको बताएकी छिन् । 


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments