६ वर्षीया छोरी सखी तामाङको जीवन रक्षार्थ सक्रिय पत्रकार लालध्वज तामाङको सहयोग अपील

६ वर्षीया छोरी सखी तामाङको जीवन रक्षार्थ सक्रिय पत्रकार लालध्वज …

नमनखबर डेस्क - २०८२-०८-१६

बनेपा, काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर १ निवासी तथा लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार लालध्वज तामाङ अहिले कठिन यात्राबाट गुजरिरहेका छन्। उहाँकी ६ वर्षीया छोरी सखी तामाङ जन्मजात अक्सिजन अभावका कारण Cerebral Palsy (मस्तिष्क पक्षघात) रोगबाट पीडित छिन्।
सखीले बोल्न नसक्ने, टाउको स्थिर राख्न नसक्ने, उभिन नसक्नेजस्ता समस्या भोग्दै आएकी छिन्। नियमित उपचार भइरहे पनि चिकित्सकहरूले दीर्घकालीन उपचार आवश्यक पर्ने बताउँदै थप उपचारका लागि भारत, नयाँ दिल्लीस्थित अस्पतालमा रिफर गरेका छन्।
तर आर्थिक अभावले आवश्यक उपचार खर्च जुटाउन कठिनाइ भएपछि पत्रकार तामाङ देश–विदेशमा रहेका सहयोगी मनहरूमा सहानुभूति र सहयोगको अपिल गर्दै छन् ।
“छोरीको उपचार चलिरहेको छ, तर अहिले आवश्यक रकम अभावमा उपचार प्रक्रिया अघि बढाउन सकिरहेको छैन। तपाईंहरूको सानो सहयोगले मेरी छोरीलाई नयाँ जीवन दिन सक्छ,” उहाँले भावुक हुँदै भने।
पत्रकारितामा सक्रिय भूमिका निभाउँदै समाजका आवाज बनिरहेका तामाङ आज आफ्नी छोरीका लागि समाजकै ढोका ढकढकाइरहेका छन्।
सखी तामाङको उपचारमा सहकार्य गर्न इच्छुक व्यक्तिहरू उद्धारका लागि उपलब्ध e-Sewa QR मार्फत सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments