काभ्रेपलाञ्चोक । स्थानीय सक्रिय महिला समूहका दिदिबहिनीहरुको सहभागितामा हरेक साताको शनिबार संचालन हुँदैं आएको पनौती त्रिवेणी सरसफाइ अभियानले शनिबार पनौतीमा ३०७ औं शृङ्खला भव्यताकासाथ सम्पन्न भएको छ ।
अभियानकी संयोजक सुमित्रा बञ्जाराको नेतृत्वमा आयोजित अभियानमा स्थानीय महिला दिदिबहिनीहरु,अभियन्ताहरुको सक्रियतामा मठमन्दिर,त्रिवेणी खोला,टोल सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यसमेत गरिएको जनाएका छन् ।

0 Comments