नेकपा (एमाले) बाट निस्कासित भीम रावलकाे अबकाे यात्रा कठिन एवं थप संर्घषपूर्ण हुने देखिएकाे छ । एक्लाे हुँदै दलकाे संगठित सदस्यबाट निष्काषित रावल दल खाेल्ने कि स्वतन्त्र यात्रा अगाडि बढाउने भन्ने विषयमा अनिर्णत देखिएका छन् ।
एमालेले संगठित सदस्यबाट हटाएपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताए ।
'कोपभाजनामा पारेर निरंकुश र अन्यायपूर्ण किसिमले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन। र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्पबाट हिँड्न बाध्य भएको छु,' उनले भने।
रावलले पाँच दशक काम गरेको पार्टीको घोषित सिद्धान्त विधि र उद्धेश्यविपरीतका काम केपी ओलीबाट भएको र त्यसको आलोचना गर्दा सुध्रिनुको साट्टाे आफैले प्रतिगामी भनेकाहरूसँग साँठगाठ गरेको आरोप पनि लगाए।
२०७९ काे प्रतिनिधिसभा निवार्चनमा टिकट नपाएका रावल केपी ओलीसँग असन्तुष्ट रहँदै आएका थिए ।

0 Comments