२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

बुखेलमा प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण

नमनखबर डेस्क साउन २९, २०८१ ३५३
बुखेलमा प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण

ललितपुर । महाङकाल गाउँपालिका वडा नं.१ बुखेलस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा शुक्रबार वडा कार्यालयको आयोजना तथा लु:निभाको समन्वयमा हाजिरी जवाफ तथा वक्तित्वकला प्रतियोगितामा सफल हासिल गर्नुहुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रम भव्यताका साथ विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष रामप्रसाद घिमिरेको सभाध्यक्षतामा, महाङकाल गाउँपालिका अध्यक्ष गणेशबहादुर के.सी.को प्रमुख आतिथ्यमा,वडा नं.२ मानिखेलका वडाध्यक्ष एवं प्रवक्ता जोनिकुमार ङेसुर तामाङ,वडा नं.३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुली,शिक्षा शाखा प्रमुख ओमप्रकाश जोशीको आतिथ्यमा प्रतियोगिता सहभागी भइ विजयी हासिल गर्नुहुने विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका छन् ।

प्रतियोगितामा श्री कालीदेवी माविबाट आधारभूत तह(१-५)हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल जेनि घिमिरे, सदिक्षा तिमल्सिना, आयुश ङेसुर तामाङ र कक्षा ६-८ स्तरीय वक्तित्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल युनिशा थोकर तामाङ प्रथम, तृतिय स्थान हासिल गर्न सफल जेनिशा गोले तामाङलाई प्रमुख अतिथि एवं महाङकाल गा.पा.अध्यक्ष के.सी.ले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो । 

उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, लु:निभा संस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्र.अ.रामकृष्णतिमल्सिना, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।