भारतीय राजदूतसँग प्रधानमन्त्रीको भेटवार्ता, कालो चस्मा हटाएर फोटो खिचाए
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा नेपाल–भारतबीच पारस्परिक हित तथा आपसी सम्बन्धका विषयमा छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्रीले कालो चस्मा हटाएर तस्बिर खिचाएको दृश्यसमेत सार्वजनिक भएको छ। उक्त तस्बिरलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। कतिपयले प्रधानमन्त्रीको यो कदमलाई सकारात्मक र सहज व्यवहारको संकेतका रूपमा व्याख्या गरेका छन् ।
भारतका राजदूतसँग प्रधानमन्त्री शाहले छुट्टै भेट गरेको यो पहिलो पटक हो । यसअघि प्रधानमन्त्रीले विभिन्न देशका राजदूतसँग सामूहिक भेट गर्ने गरेका थिए । यससँगै उनको चिनियाँ राजदूतसँग पनि एकल भेटवार्ता रहेको बताइएको छ ।
झण्डै दुई तिहाई मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रधानमन्त्री शाहले आफूलाई सहयोग प्राप्त नभएको झल्को दिने पोष्ट गरेपछि तातेको राजनीतिक वृत पार्टी सभापति रवि लामिछानेको ४५ मिनेटको भेटपछि सेलाए पनि सरकारको काम कारबाही र भूमिकालाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको छ ।
#Balen #BalenShah #NepalIndia #IndiaNepal #NabinSrivastava #NepalNews #BreakingNews #PoliticalNews #PrimeMinister #NewsUpdate
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।