२०८३-असार-०८ सोमबार

बिहानको ११:२५:२७

बेर्शेबा सेवा समितिद्वारा रतुवामाईका १०५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नमनखबर डेस्क असार ०६, २०८३ २२
बेर्शेबा सेवा समितिद्वारा रतुवामाईका १०५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
मोरङको रतुवामाई नगरपालिका–३ स्थित श्री जनता आधारभूत विद्यालय, पिडेलीका १०५ जना विद्यार्थीलाई बेर्शेबा सेवा समितिको सहयोगमा झोला तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ।
समितिको सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई झोला, कलम, पेन्सिल, रङ्गीन पेन्सिल, ज्यामिति बक्स, कापी तथा चित्रकला सामग्री (ड्रइङ बुक) वितरण गरिएको थियो। साथै विद्यार्थीहरूको खेलकुद विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले ब्याडमिन्टन र फुटबल सामग्रीसमेत उपलब्ध गराइएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रतुवामाई नगरपालिका–३ का वडाध्यक्ष देवीप्रसाद ताजपुरिया रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा समाज कल्याण परिषद्, ललितपुरका सहायक निर्देशक तथा कार्यक्रम विज्ञ चुन्नी खातुनको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रतुवामाई–३ का इन्चार्ज रमेश थापा, महादेवा प्रहरी चौकीका इन्चार्ज भीमबहादुर श्रेष्ठ, बेर्शेबा सेवा समितिका अध्यक्ष भागलाल ताजपुरिया, प्रमुख कार्यकारी अधिकृत अनिष अब्राहम, समिति सदस्य डिकेन्द्र बस्नेतलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर ताजपुरिया, शिक्षक–अभिभावक संघका अध्यक्ष गोपालप्रसाद सिंह, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
सो अवसरमा समितिका सदस्य डिकेन्द्र बस्नेतले संस्थाको उद्देश्य र सामाजिक भूमिकाबारे जानकारी दिँदै स्थापना कालदेखि नै समाजसेवामूलक कार्यमा सक्रिय रहँदै आएको बताउनुभयो। उहाँले चालु वर्षमा विशेषगरी बालबालिकाको हकहित र शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिनुभयो।
विद्यालय प्रशासनले सहयोगी संस्था बेर्शेबा सेवा समिति तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।