२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

विन नेपाल लघुवित्तद्वारा मृत्यु दाबी बापत २ लाख २५ हजार हस्तान्तरण

अशोक बुद्ध लामा पुस १६, २०८२ ३८५
विन नेपाल लघुवित्तद्वारा मृत्यु दाबी बापत २ लाख २५ हजार हस्तान्तरण

मंगलटार,विन नेपाल लघुवित्त वित्तीय संस्था, शाखा कार्यालय मंगलटारले आफ्ना दिवंगत सदस्य आरती लामाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ। २०८१ साउनमा निधन हुनुभएकी लामाको परिवारलाई आज मिति २०८२/०९/१६ गते २ लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो।

शाखा प्रमुख प्रकाश भट्टका अनुसार संस्थाले बिमा बापतको २ लाख र क्रिया खर्च २५ हजार गरी उक्त रकम मृतकका श्रीमानलाई प्रदान गरेको हो। कार्यक्रममा संस्थाका कर्मचारी र स्थानीयको बाक्लो उपस्थिति थियो। संस्थाले यसअघि पनि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति र वित्तीय साक्षरता जस्ता सामाजिक कार्यहरू सम्पन्न गरिसकेको जानकारी दिइएको छ

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।