२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

मण्डनदेउपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक, कृषिमा बीमा र पर्यटन प्रवर्द्धन

नमनखबर डेस्क असार १०, २०८२ १८५
मण्डनदेउपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक, कृषिमा बीमा र पर्यटन प्रवर्द्धन

मण्डनदेउपुर । मण्डनदेउपुर नगरपालिकाको १७औं नगर सभाले आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम पारित गरेको छ। नगर प्रमुख टोक बहादुर वाइबाले प्रस्तुत गर्नुभएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार र स्थानीय उत्पादन प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ।

‘समृद्ध देउपुर र मण्डन, कृषि उद्यम र पर्यटन’ भन्ने मूल नाराका साथ सार्वजनिक बजेट तथा नीतिमा नगरले कृषिमा ५० प्रतिशत बीमा सुविधा दिने, विषादी प्रयोग न्यूनिकरण गर्दै वातावरणमैत्री कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने र स्थानीय उत्पादनहरू — जस्तै मोही र लस्सीलाई ब्रान्डिङ गरी बजारमा स्थापित गर्ने योजना अघि सारेको छ।

नगरले बुद्धचित्त खेतीलाई व्यवसायिक रूपमा विस्तार गर्ने नीति लिएको छ भने सबै वडामा कृषि प्राविधिकको व्यवस्था गर्दै माटो परीक्षण प्रयोगशाला संचालन गरिनेछ।

पर्यटन र पूर्वाधार विकास
नगरपालिकाले नगरकोट, ठुलिचौर र थामिडाडालाई पर्यटन गन्तव्यको रूपमा विकास गर्न विशेष कार्यक्रम अघि सारेको छ। सडक विस्तारसँगै रेखांकन नपुगेका निजी जग्गाहरूको लगत कट्टा गरिने र विद्युत प्राधिकरणको सहकार्यमा सडक बत्ति जडान गरिनेछ।

रोजगारी सृजना र सीप विकास
लघु, मध्यम तथा दीर्घकालीन उद्योगहरूलाई विस्तार गरी युवालाई सीपयुक्त बनाउने र रोजगारीको अवसर सिर्जना गरिने लक्ष्य लिइएको छ। साथै डेडीथुम्का माध्यमिक विद्यालयमा २०८३ सालदेखि प्रविधिक शिक्षा सुरु गरिने र मण्डनदेउपुर प्राविधिक तालिम केन्द्र स्थापना गरिने घोषणा गरिएको छ।

स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधि
नगरका सबै स्वास्थ्य संस्थामा इलेक्ट्रोनिक हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (e-HMIS) लागू गरिनेछ। नगरस्तरीय अस्पतालको स्तरोन्नति, खेलकुद परिषद गठन र नगर बाहिर पनि खेलकुद प्रतियोगिता आयोजना गर्ने नीतिमा जोड दिइएको छ।

खानेपानीमा दीर्घकालीन योजना
नगरपालिकाले ‘एक घर, एक धारा’ अवधारणा साकार पार्नेगरी वृहत् सुख्खा खानेपानी आयोजना सम्पन्न गर्ने र व्यवस्थापनका लागि आवश्यक जग्गा सुनिश्चित गर्न पहल गर्ने योजना बनाएको छ।

विपद् रोकथाम र जलवायु सचेतना
जलवायु उत्थानशीलतासम्बन्धी सूचना तथा तथ्यांक संकलन गरी नगरले विपद् जोखिम न्यूनीकरणमा अग्रसरता देखाउने योजना लिएको छ। नदी कटान तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा रोकथाम र पुनर्निर्माणमा पनि नगरपालिका सक्रिय हुने जनाएको छ।

राष्ट्रिय उत्पादनमा जोड : नेपाली पोशाक अनिवार्य
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै नगरपालिका भित्रका जनप्रतिनिधि, शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई अनिवार्य रूपमा नेपालमै बनेको पोशाक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

सरकारी सेवा तयारी कक्षा सञ्चालनको अनुमति
नगरपालिकाले निजी संस्थाहरूमार्फत सरकारी सेवामा प्रवेशको तयारी कक्षा सञ्चालन गर्न अनुमति दिने निर्णय समेत गरेको छ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।