२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ६०४ औं शृङ्खला सम्पन्न

नमनखबर डेस्क मंसिर २२, २०८१ ३२0
वाग्मती सफाइ महाअभियानको ६०४ औं शृङ्खला सम्पन्न

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार नियमित संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार कोटेश्वर महादेव स्थान पश्चिम वाग्मती पहेंलो पुल मुनि सरसफाइ गरि ६०४ औं शृङ्खला भव्यताकासाथ सम्पन्न गरेको छ ।

 

वाग्मती सफाइ महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा नेपाल सरकारका पूर्वमुख्यसचिव एवं प्रमुख अभियन्ता लीलामणि पौंडेल,कामनपा पूर्व प्रहरी निरिक्षक जनार्दन अधिकारी,नेपाल प्रहरीका जानुका खड्का,सुन्दरीघाट वाग्मती सरसफाइ अभियान संयोजक चित्रकुमार सुनुवार,बानेश्वर महिला वातावरण प्रा.लि.अध्यक्ष दुर्गा दुलाल,स्थानीय वासिन्दा,केयूकेएल,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरुबाट संकलित दुई मेट्रीक टन फोहोरको व्यवस्थापन, काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभाग, टेकु, काठमाडौंले गरेको बताएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।