२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

प्रेस चौतारी काभ्रेले स्थापना दिवसमा अटिजम भएका व्यक्तिलाई न्यानो कपडा सहयोग

नमनखबर डेस्क माघ २३, २०८२ १७६
प्रेस चौतारी काभ्रेले स्थापना दिवसमा अटिजम भएका व्यक्तिलाई न्यानो कपडा सहयोग

खरेलथोक, काभ्रेपलाञ्चोक

प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक शाखाले पाँचखाल नगरपालिका–११ खरेलथोकस्थित सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रमा रहेका अटिजम तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा र फलफूल वितरण गरेको छ।

कार्यक्रममा प्रेस चौतारी काभ्रेका अध्यक्ष केदारनाथ तिमल्सिनाले केन्द्रका व्यवस्थापक रमेश खरेललाई ट्रयाकसुट, टोपी र फलफूल हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व र मानवियतासँग स्थापना दिवसलाई जोड्न पाउँदा खुसी व्यक्त गरे। उनले ग्रामीण क्षेत्रमा सञ्चालित पुनर्स्थापना केन्द्रलाई राज्यबाट थप सहयोग आवश्यक रहेको उल्लेख गरे।
हाल उक्त केन्द्रमा बालबालिका र युवासहित २० जना बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू आश्रित छन् भने ५ जना कर्मचारी कार्यरत छन्। केन्द्रका व्यवस्थापक रमेश खरेलले विभिन्न चुनौतीका बीच बालबालिकाको हेरचाह र पुनर्स्थापनाको काम गर्दै आएको जानकारी दिए। छात्रा भवनको अभाव रहेको उल्लेख गर्दै उनले विशेष आवश्यकता भएका बालबालिकालाई सीप विकासमार्फत आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए।
२०५८ सालमा बौद्धिक अपाङ्ग कक्षा सञ्चालनसँगै स्थापना भएको उक्त केन्द्र शिक्षा कार्यालयमार्फत सुरु गरिएको थियो। हाल सरकारबाट वार्षिक १० लाख रुपैयाँ सहयोग प्राप्त हुँदै आएको छ भने विभिन्न दातृ निकाय र सहयोगी व्यक्तिहरूको सहयोगबाट संस्था सञ्चालन भइरहेको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले स्थानीय सामाजिक सवाललाई उजागर गर्दै स्थापना दिवसलाई सन्देशमूलक रूपमा मनाएकोमा प्रेस चौतारीलाई धन्यवाद ज्ञापन गरे।
उक्त कार्यक्रममा नेकपा एमाले काभ्रेका प्रचार विभाग प्रमुख श्याम सापकोटा, वरिष्ठ पत्रकार मधुसुदन गुरागाँई, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, प्रेस चौतारी काभ्रेका निवर्तमान अध्यक्ष भुवन रायमाझी, प्रेस चौतारी वागमती प्रदेश कमिटी सचिव जगत तामाङलगायत चौतारीकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको प्रेस चौतारी काभ्रेका सचिव विकास तिमल्सिनाले जानकारी दिए।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।