२०८३-कार्तिक-२० बिहिबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

तामाङ सेलो गीत ‘आपा आमाला माया’ कार्तिक २३ गते सार्वजनिक हुँदै

अशोक बुद्ध लामा • कार्तिक २०, २०८३ • १६९
तामाङ सेलो गीत ‘आपा आमाला माया’ कार्तिक २३ गते सार्वजनिक हुँदै

काठमाडौं। तामाङ सेलो गीतसंगीतका पारखीहरूका लागि निर्माता सूर्य माया मोक्तानले नयाँ तामाङ सेलो गीत ‘आपा आमाला माया’ बजारमा ल्याउने भएकी छन्। उक्त गीत यही कार्तिक २३ गते सार्वजनिक हुने भएको हो।

सागर दोङको शब्द संकलन, रोशन लामाको संगीत तथा चर्चित गायिका जितु लोप्चानको सुमधुर स्वरमा सजिएको गीतको रेकर्डिङ कार्य दीप स्टुडियोमा सम्पन्न भएको छ।

गीत निर्माताका अनुसार ‘आपा आमाला माया’ गीतमा आमाबुबाप्रतिको माया, स्नेह, त्याग र समर्पणलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। गीतले सन्तानप्रति आमाबुबाले गर्ने निःस्वार्थ माया र उनीहरूको महत्त्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ।

उक्त गीत भुपल सिङ तामाङको आधिकारिक युट्युब च्यानलमार्फत यही कार्तिक २३ गते निर्माता सुर्यमाया मोक्तानको दिबंगत आमा गोपिनी तामाङको पुण्य तिथीको अबसार पारेर  श्रोतामाझ सार्वजनिक गरिने जनाइएको छ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।